भेनेजुएलाको विषयले पाठ सिकाएको छ

प्रदीप ज्ञवाली, परराष्ट्रमन्त्री

सरकारले मुलुक समृद्धितर्फ अघि बढिसकेको बताउने गरेको छ । कयौँ महत्वकांक्षी योजनासमेत अघि बढाएको बताइन्छ । तर, यस्तो अवस्थामा वैदेशिक लगानी भने घट्दो छ । जनताका कयौँ आकांक्षा आकांक्षामा मात्रै सीमित छन् । अराजकता र अपराधले सीमा नाघ्दै छ । यस्तो अववस्थामा मुलुक समृद्धितर्फ जान सक्ला कि नसक्ला जनतामा कयौँ प्रश्न छन् । यसै सेरोफेरोमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग सौर्य दैनिकको लागि चमिना भट्टराईले गरेको संवादको संपादित अंशः

सरकारले भनेजस्तै मुलुक समृद्धितर्फ गएकै हो त ?
-सरकारले मुलुक समृद्धिको दिशातर्फ उन्मुख भएको भनेको छ । त्यसका लागि केही आधारशिला निर्माण भएका पनि छन् । लामो समयदेखि रहेको कयौँ समस्यालाई व्यवस्थापन गर्ने काम यो सरकारले गरेको छ । मुलुक समृद्धिको यात्रामा अघि बढन खोज्दा कयौँ चुनौतिहरू पनि छन् । त्यसलाई सामना गर्ने प्रयास भएको छ । मुलुकले लामो समय संक्रमण कालको सामना गरेर आयो । विकासका हुनुपर्ने धेरै काम विगतमा पूरा भएका छैनन् । वेलावेलामा भएको परिवर्तनसँगै जनाका धेरै अपेक्षा गरेका छन् ।

त्यसलाई क्षतिपूर्ति हुने गरी काम गर्नुपर्ने सरकारको दायित्व छ । त्यसैले वर्तमान सरकारले त्यसतर्फ पूर्णरूपमा ध्यान दिएको छ । सबैभन्दा पहिला मुलुकको विकास गर्न परिकल्पना चाहिन्छ त्यो परिकल्पना पूरा गर्न कानुनी आधारहरू चाहिन्छ र आवश्यक संरचना चाहिन्छ । यी एक वर्षमा हामीले आफ्नो कामलाई त्यसतर्फ केन्द्रित गरेका छौँ । के गर्दा मुलुकलाई समृद्धितर्फ लान सकिन्छ भन्नेमा सरकारको सम्पूर्ण ध्यान केन्दित छ । त्यसका लागि सुरु भएका कयौँ काम जनताका अघि देखिएका पनि छन् ।

मुलुकमा वैदेशिक लगानी घटिरहेको छ, त्यस्तो अवस्थामा मुलुक समृद्धितर्फ जान सक्छ ?
-वैदेशिक लगानी घटेको होइन । सोचेजस्तो गरी नबढेको कुरा यथार्थ हो । हामीले २०३० सम्म मुलुकलाई मध्यम अवस्थामा पु¥याउने भनेका छौँ । त्यसैका आधारमा रहेर कयौँ कामको सुरुआत भएका पनि छन् । त्यसका निम्ति स्वभाविक रूपमा हामीलाई वैदेशिक लगानीको आवश्यकता पर्छ । त्यसलाई हामीले कसरी व्यवस्थापन गर्ने भनेर योजना बनाएका छौँ । त्यसका लागि सरकारले गर्नुपर्ने आवश्यक तयारी गरेको छ । जस्तो विकसित देशबाट लिने सहायता महत्वपूर्ण हो । अहिले विकासशील देशले विकास उन्मुख देशलाई गर्ने सहयोगको प्रभाव घटेको छ । त्यसको प्रभाव नेपालमा पनि पर्छ । त्यसका निम्ति अहिले लगानीका क्षेत्रमा रहेका बाधक हटाउन सरकारले सबै प्रकारको तयारी गरेको छ ।

सरकारको वैदेशिक तथा कूटनीतिक सम्बन्ध राम्रो छ । उद्यपि, त्यस विषयमा वेलावेलामा कुरा उठ्छ । केही नेपालको वैदेशिक, कूटनीतिक सम्बन्धलाई असफल पार्ने प्रयासमा पनि छन् । तर, नेपालको वैदेशिक सम्बन्ध राम्रो छ । हिजो राम्रो सम्बन्ध भएकासँग झनै राम्रो भएको छ । केही देशमा सुदृढ हुँदै गएको छ

हाम्रो देशमा त्यसका लागि केही समस्या छन्, जस्तो प्रशासनिक बाधा, लगानीका झन्झट, हाम्रो व्यवहारमा रहेको दक्षताको अभाव, कार्यालय धाइरहनु झन्झटिलो कामजस्ता समस्यालाई एकैपटक सम्बोधन गर्ने प्रयास सरकारको तर्फबाट भएको छ । यसै गरी नेपालमा लगानीको सम्भाव्य क्षेत्र के के हुन्, आवश्यकता के छ ? प्राथमिकता कहाँकहाँ दिने ? भन्ने पहिचान गरेर त्यसअनुसार उनीहरूलाई आकर्षित र विश्वस्त बनाउने दिशामा सरकार छ । अहिले केही मान्छेमा वैदेशिक लगानी घटेको भन्ने लागेको छ । यसलाई घटेको भन्दा सोचेजस्तो गरी नबढेको हो भनेर बुझ्नुपर्छ । बिस्तारै त्यसतर्फ सुधार हुनेछ । यहि अवस्था रहँदैन ।

दुईतिहाइको स्थिर सरकार रहेको वेला वैदेशिक लगानी भित्रिन समस्या नहुन पर्ने होइन ?
-भित्रनुपर्ने हो, भित्रन्छ । त्यसमा सरकार पूर्णरूपमा आशावादी भएर काम गरेको छ । वैदेशिक लगानीकर्ताले लगानी गर्नुअघि सम्बन्धित देशको सरकारले आफ्नो बजेट ल्याएर ऊ कुन बाटोमा अघि बढ्छ भन्ने हेर्ने गर्छ । लगानी गर्नेले केही कुराहरूमा ध्यान दिएको हुन्छ । जस्तो, अनुशासित र क्रियाशील जनशक्ति, सस्तो मूल्यमा दक्षजनशक्तिलाई काममा लगाउन सकियोस्, आन्तरिक बजार व्यवस्थित होस् जसले उत्पादित वस्तु सजिलै खपत होस, लगानीका उपयुक्त र प्रभावकारी क्षेत्रजस्ता कुरामा लगानी गर्नेले ध्यान दिने गर्छ ।

उनीहरूले नेपालमा नै लगानी किन भन्ने र सुझबुझका आधारमा लगानी गर्ने हो । यस्तै सरकारका प्राथमिकता के के मा छ जस्ता कुरामा पनि उनीहरूले हेरिरहेका हुन्छन् । अहिले नेपालमा वैदेशिक लगानी घट्नुपर्ने कुनै कारण छैन । सरकार स्थिर छ, सामाजिक सुरक्षा छ, हिंसा वा हत्या आतंक छैन । यस्तो अवस्थामा नेपालमा नगानी घट्यो भन्नुपर्ने छैन । मात्रै केही बढ्न नसकेको हो त्यो आउने दिनमा सुधार भएर जानेछ ।

अहिले सरकारको वैदेशिक र कूटनीतिक सम्बन्ध कस्तो छ ?
-सरकारको वैदेशिक तथा कूटनीतिक सम्बन्ध राम्रो छ । उद्यपि, त्यस विषयमा वेलावेलामा कुरा उठ्छ । केही नेपालको वैदेशिक, कूटनीतिक सम्बन्धलाई असफल पार्ने प्रयासमा पनि छन् । तर, नेपालको वैदेशिक सम्बन्ध राम्रो छ । हिजो राम्रो सम्बन्ध भएकासँग झनै राम्रो भएको छ । केही देशमा सुदृढ हुँदै गएको छ । नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध राम्रो गतिका साथ अघि बढेको छ । खास गरी छिमेकी मुलुकको कुरा गर्ने हो भने दुवै मुलुकसँग हाम्रो सम्बन्ध राम्रो छ । विगतमा कहिले एकातिर कहिले अर्काेतिर भनेजस्तो अहिले छैन । अन्तर्राष्ट्रिय सम्बन्धका दृष्टिले नेपाल महत्वपूर्ण केन्द्रमा रहेको छ । विदेशी मुलुकसँग कयौँ कुरा सिक्ने अवस्थामा छ । ठूला र विकासशील मुलकहरू जस्तै अमेरिकासँगसमेत राम्रो सम्बन्ध बनाउन सफल भएको छ । यसमा हामीले चिन्ता लिनुपर्ने अवस्था छैन ।

केही समयअघि भेनेजुएलाको विषयमा आएको अभिव्यक्तिलाई के भन्नुहुन्छ ? नेपालले बोल्नु जरुरी थियो ?
-हाम्रो आफ्नै केही नीति सिद्धान्तहरू छन् । हाम्रा आफ्ना मूल्य र मान्यताअनुसार हामी चल्नुपर्छ । त्यसो गर्न सकिएन भने कहिलेकाहीँ केही अफ्ठ्यारो अवस्था आउन सक्छ । हामी अन्तर्राष्ट्रिय सम्बन्ध र भावनामा सचेत हुँदा हुँदै पनि त्यो विषयले केही विवाद ल्यायो । त्यस विषयमा केही तालमेल मिलेन कि भन्ने पनि लागेको छ । भेनेजुएलामा आएको अभिव्यक्तिको विषयले हामीले एउटा पाठ सिकेका छौँ । त्यसले केही समय अन्योल सिर्जना गरेको थियो । अब आउने दिनमा यस्ता कुरामा सरकार र पार्टीले ध्यान पु¥याउँछ भन्ने लागेको छ । यस्तो अवस्था फेरि आउँदैन ।

तपाईं पार्टीको नेता पनि हुनुहुन्छ । पार्टीको दुई अध्यक्ष र नेताहरूकै बीचमा कयौँ विषयमा एक मत देखिँदैन यसले पार्टीको आन्तरिक जीवनलाई असर पार्दैन ?
-सत्तारूढ दल भएका कारण कयौँ निर्णय पूरा गर्ने दायित्व छ । सरकारको नीतिका पक्षमा सरकारका योजनाका पक्षमा सुरक्षा गर्ने सहयोग पु¥याउने दायित्व पार्टीको हो । त्यस कारण नेताहरूको बोली सबै एकै हुनपर्छ । तर, कहिलेकाहीँ कुनै विषयमा त्यस्तो देखिएको छ । यसले पार्टीलाई हित गर्दैन । पार्टीको एकताका विषयमा लामो समय टुंगो नलाग्दा कयौँ नेता कार्यकर्ताले काम नपाएको कता–कता खाली–खाली भएको जस्तो अनुभूति भएको छ । केही असन्तुष्टि गुनासो पनि छन् । यो अन्यौलबाट अब किनारा लाग्नुपर्छ ।

यसैलाई कतिले गलत फाइदा लिने प्रयास पनि गरेका छन् । हाम्रो काँधमा आएको ऐतिहासिक अभिभारालाई जनताको तहसम्म पुर्याएर उनीहरूलाई गोलबन्ध गराउने काम गर्नुपर्छ । यद्यपि, यी सबै कुरा टुंग्याउन नेताहरू नै गम्भीर हुनपर्छ । अहिले पार्टीको केही समस्या छन् । एकतालाई अस्थिर पनि बनाउन खोज्ने प्रयास भएको छ । अब यो अन्योल त लामो समय रहँदैन नेताहरू यसमा गम्भीर भएर लाग्नुभएको छ । चति चाँडो यसलाई टुंगो लगाउन सकिन्छ त्यती पार्टीलाई हित पुग्छ ।

केही समयअघि केही राजदूतहरूले सामूहिक विज्ञप्ती जारी गरे, यसले परराष्ट्र सम्बन्धमा असर पुग्दैन ?
-नेपालको शान्ति प्रक्रिया आफ्नो विषय हो । नेपालको राजनीतिमा दलहरू राजनीतिक शाक्तिहरूले जुन ढंगले त्यस्तो काहालीलाग्दो अवस्थाबाट मुलुकलाई अघि बढाए त्यो सानो विषय होइन । यसमा सबैको सद्भाव छ । आफ्नो देशको घरेलु माध्यम र प्रक्रियाबाट उत्पन्न भएको विषयलाई यही टुंग्याएका छौँ नेपालको शान्ति प्रक्रिया ऐतिहासिक छ । त्यो अरू मुलुकका लागि पनि एउटा महत्वपूर्ण सिकाइ हो । यसमा नेपालका आफ्नै केही प्रतिकृयाहरू पनि छन् । नेपालको नेतृत्व र क्षमतामाथि कसैले पनि शंका गर्ने ठाउँ छैन ।

नेपाल स्वतन्त्र सार्वभौम राष्ट्र हो । नेपालको नेतृत्वसँग आफ्नाे आन्तरिक मामलामा आफँै समाधान गर्ने क्षमता छ भन्ने सबैले बुझनु जरुरी छ । जसले जे चिन्ता व्यक्त गरेका छन् त्यो देशभित्रै बसेर नागरिकका रूपमा गर्नुपर्छ । देशको नागरिकले आफ्नो देशप्रति चिन्ता जाहेर गर्नु ठीक हो । तर, हामीले चिन्ता जाहेर गरिरहँदा आफ्नो पदीय दायित्व, कूटनीतिक मर्यादा र भूमिकालाई भुल्नु हुँदैन । त्यसमा मैले यो भन्दा बढी भन्नु आवश्यक ठान्दिनँ उहाँहरू आफैँ जिम्मेवार हुनुहुन्छ ।

यस्ता कुराले कूटनीतिक सम्बन्धमा असर पार्दैन ?
-नेपाल लामो समयको संक्रमणबाट गुज्रिएर आएको मुलुक हो । हामी आफ्नो क्षमतालाई सुदृढ गर्दे आएका छौँ । नेपालको आन्तरिक मामलामा अनावश्यक चासो गर्नु जरुरी छैन । भएका उपलब्धिका पक्षमा लाग्दै अघि बढ्नु अहिलेको आवश्यकता हो । त्यसो गर्न सकियो भने नेपालको राष्ट्रिय हित हुन्छ ।

प्रतिक्रिया