काठमाडौं । कामना सेवा विकास बैंक र नेपाल लाईफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । बैंकान्स्योरेन्स सम्बन्धी सेवा आदान प्रदान गर्ने गरि सम्झौता भएको हो । सम्झौतापत्रमा कामना सेवाविकास बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले हस्ताक्षर गरे ।
बैंकका सबै शाखाहरूबाट सहज रूपमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको जीवनबिमा पोलिसिहरू खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवद्र्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरू लाभान्वित हुने बैंकले जनाएको छ ।
मुलुकभर फैलिएको ६३ वटै शाखा तथा १७ वटा एटिएममार्फत ग्राहकहरूलाई आफनो सेवाहरू प्रदान गर्दै आएको छ । साथै बैंकले एबिबिएस्, एसएमएस्, व्याङ्किङ, मोबाइल बैंकिङ, सी एएसबिए लगायतका माध्यमबाट समेत बैंकिङ सेवाहरू उपलब्ध गराउँदै आएको तथा समयसापेक्ष आफ्ना सेवाहरू थप गर्दै जाने बैंकको योजना रहेको छ ।
प्रतिक्रिया