प्रिन्सले ल्याए नयाँ गीत

काठमाडौं । ११ वर्षीय बालगायक प्रिन्स सिलवालको पहिलो गीतको भिडियो सार्वजनिक भएको छ । चितवनको सौराहा घर भई हाल काठमाडौं बस्दै आएका सिलवालको स्वर रहेको ‘न मानामा नापिन्छ माया, न तुलोमा जोखिन्छ माया’ को भिडियो बजारमा आएको हो ।  सौराहामा छायांकन गरिएको भिडियोमा थारु पोशाकमा सजिएका थारू युवतीको कोरस नृत्यसँगै प्रिन्सले अभिनय गरेका छन् । उनले किशोरी निशा पाण्डे र जेनी धमलासँग मोडलिङमा रोमान्स गरेका छन् ।

भकारी एमडिसीको प्रस्तुतिमा बनेको म्युजिक भिडियो सार्वजनिक काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा प्रिन्सले माया केहीसँग पनि नाप्न नसकिने भएकाले जो कोहीसँग पनि माया गाँसिन्छ भन्ने सन्देश गीतमा रहेको भन्दै दर्शकको साथ पाउने आशा गरिएको बताए । उनी गोल्डेन होराइजन एकेडेमी काठमाडौंमा कक्षा ५ मा पढ्दै छन् ।

निर्देशक सञ्जय पाण्डेले प्रिन्सको प्रस्तुति उत्कृष्ट रहेकाले भविष्य राम्रो रहेको बताए । यसअघि प्रिन्सले दसैँको अवसरमा ‘दसैँ मनाउने हो, नाच्दै रमाउने हो’ गीतको भिडियो ल्याएका थिए ।  गीतमा वसन्त वित्यासी थापाको शब्द र अशोक लोहारुङ राईको संगीत रहेको छ । प्रिन्सका बुबा रमेश सिलवालले सानैदेखिको रुचिअनुसार उसलाई कला र गीत–संगीतमा अभ्यास गराउन थालिएको बताए । उक्त म्युजिक भिडियोलाई ‘वेष्ट टोन म्युजिक’ ले युट्युबमा ल्याएको छ ।

प्रतिक्रिया