स्काई वर्थलाई चार अवार्ड

काठमाडौं । घरेलु उपकरण उद्योगमा विश्वव्यापी चर्चा कमाएको स्काई वर्थले सिइएस २०१९ मा नयाँ उत्पादन तथा प्रविधिहरू सार्वजनिक गरेको छ । सिइएस २०१९ कार्यक्रमको क्रममा स्काई वर्थलाई २०१८ देखि २०१९ शीर्ष ५० ग्लोबल सिइको ब्रान्ड, २०१८ देखि २०१९ शीर्ष १० सिई ब्रान्ड, २०१८ देखि २०१९ शीर्ष १० ग्लोबल टिभी ब्रान्ड अवार्ड प्रदान गरिएको छ । स्काई वर्थले घरेलु उपकरणको क्षेत्रमा उत्कृष्ट प्रदर्शनको मान्यता पनि प्राप्त गरेको छ ।

स्काई वर्थले विगत ४ वर्ष अगाडि लन्च भए यता उपोभोक्तामाझ लोकप्रियता कमाइरहेको छ । यो ग्राहकहरूको पहिलो रोजाइ बन्न सफल भएको छ । स्काई वर्थ नेपालमा मात्र नभएर विश्वव्यापी ग्राहकहरूका लागि विश्वसनीय र भरपर्दो उत्पादन भएको छ ।

प्रतिक्रिया