अशोक लेलैन्डको ‘क्याप्टेन’ ट्रिपर नेपाली बजारमा

काठमाडौं । नेपालका लागि अशोक लेलैन्डको व्यावसायिक गाडीहरूको विक्रेता आइएमई गु्रपअन्तर्गत सेवाप्रदायक भगिनी संस्था आइएमई मोटर्स प्रालिले ‘क्याप्टेन’ ट्रिपरको विक्री वितरणको सुरु गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच आइएमई गु्रपका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकाल र अशोक लेलैन्ड लिमिटेडका ग्लोबल ट्रकका अध्यक्ष अनुज कथुरियाले उक्त ट्रिपरको विक्रीको उद्घाटन गरे । अशोक लेलैन्डको क्याप्टेन सिरिजका गाडीहरूमा उच्च माइलेज हुनुका साथै सवारी सञ्चालन लागत पनि कम रहेको कम्पनीले जनाएको छ ।

क्याप्टेन गाडीहरूमा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक विशेषताहरू भएकाले चालकलाई गाडीको विभिन्न अवस्थाबारे जानकारी प्राप्त गर्न सकिनेछ । नयाँ ट्रकले नेपालको उच्च दक्षता भएको ट्रकको बढ्दो मागलाई पूरा गर्ने विश्वास कम्पनीको छ । ‘अशोक लेलैन्ड ट्रकले नेपाली बजारमा एक विश्वसनीय ब्रान्डको हिसाबमा नाम कमाएको छ,’ आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीले भने, ‘नयाँ क्याप्टेनले यसको बिरासतलाई अगाडि बढाउने र ग्राहकको अपेक्षालाई सर्वोपरि गर्दै अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छौँ ।’

क्याप्टेन टिपरका मुख्य आकर्षणको रूपमा उच्च कार्यदक्षता र चालकलाई आरामदायी क्याबिन रहेको छ । ट्रकमा ६ प्रकारको एड्जस्टेबल सस्पेन्डेड चालक सिट, टिल्टेबल र टेलिस्कोपिक स्टियरिङ कलम, वातानुकुलित क्याबिन र म्युजिक सिस्टम छन् । क्याप्टेन सिरिजका गाडीहरूले आराम, विश्वसनीयता र कार्यक्षमता गरी तीन क्षेत्रमा नेपाली बजारमा प्रतिस्पर्धा गर्ने कम्पनीले उल्लेख गरेको छ ।

भारतमा सन् २०१४ मा लन्च भएको क्याप्टेन सिरिजका १६ देखि ४९ टनसम्मका विभिन्न प्रकारका टिपर, ट्रेक्टर, र ट्रक उपलब्ध छन् । १९४८ मा स्थापित अशोक लेलैन्ड व्यावसायिक वाहनमा भारतको दोस्रो ठूलो उत्पादक कम्पनी हो । हाल नेपालमा अशोक लेलैन्डका ट्रकरटिपर, बस, साना तथा मझौला व्यावसायिक गाडी, डिफेन्स प्रयोजन लगायतका अन्य गाडीहरू उपलब्ध छन् ।

प्रतिक्रिया