फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन नेपालले बिहीबारदेखि जुत्ताचप्पल तथा छालाजन्य वस्तुको प्रदर्शनी तथा बिक्री सुरु गर्दै छ । ‘जुत्ताचप्पल तथा छालाजन्य वस्तुको १४औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी २०७४’ बिहीबारदेखि पाँच दिनसम्म काठमाडौंस्थित भृकुटीमण्डपको मुख्य प्रदर्शनी हलमा सञ्चालन हुनेछ । यसै मेलाको अवसरमा फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन नेपालका अध्यक्ष रविनकुमार श्रेष्ठसँग सौर्यकर्मी केशव भट्टले गरेको कुराकानीको सम्पादित अंश
मेलाको प्रमुख उद्देश्य के हुन् ?
हामीले मुलतः ३ ओटा प्रमुख उद्देश्यले यो मेला आयोजना गरेका हौँ । पहिलो उद्देश्य नेपाली जुत्ता उद्योगहरू पनि छन् भनेर सरकारलाई देखाउनु तथा जनतालाई नेपाली उद्योग र नेपाली उत्पादनबारे जानकारी प्रदान गर्नु रहेको छ । त्यसैगरी केही व्यवसायीले जुत्ताको बाह्रमासे मेला लगाएर नेपाली जुत्ता उद्योगहरूको बदनाम गरेका छन् । उपभोक्ताले हेर्ने दृष्टिकोणमा परिवर्तन भएको छ । यो कुराको भ्रम पनि चिरफार गर्न हामीले यो मेला आयोजना गरेका हौँ ।
त्यसैगरी, नेपाली उत्पादनहरूको प्रमोसन गर्न, हाम्रा नयाँ–नयाँ उत्पादनहरूलाई उपभोक्तासम्म खुला रूपले प्रदर्शन गरेर बजार विस्तार गर्न र समग्रमा भन्नुपर्दा विदेशी जुत्ताचप्पलको आयात कम गर्न र नेपाली जुत्ताचप्पलको प्रयोग बढाउन यो मेलाको आयोजना गरिएको हो । नेपालभरि छरिएर रहेका उद्योगहरूबाट उत्पादन भएका जुत्ताचप्पल तथा छालाजन्य वस्तुहरू उपभोक्ताहरूले एउटै छानामुनि अवलोकन तथा छनैट गरी प्रतिस्पर्धी मूल्यमा खरिद गर्ने अवसर प्रदान गर्ने उद्देश्ले प्रदर्शनीको आयोजना गरिएको हो ।
तपाईंले बाह्रमासे आयोजक भन्नुभयो, के ती सबै आयोजक एसोसिएसनभन्दा बाहिरका हुन् ?
बाह्रमासे जुत्ता मेला आयोजक हामीसँग संगठित भएका पनि छन् । नभएकाहरू पनि छन् । यो फुटपाथमा बेच्नेजस्तै भएको छ । व्यापार गर्नु र उत्पादनको प्रमोसन गर्नु फरक–फरक पाटो हो । त्यसकारण नेपाली उत्पादनको प्रमोसन गरी उत्पादन र उपभोग बढाउन हमीले वर्षको एकचोटि मात्र प्रर्दशनी गर्ने गरेका छौँ ।
मेलाको व्यवस्थापन कसरी गर्नुभएको छ ?
१३ पुसदेखि १८ सम्म सञ्चालन हुने मेलामा नेपालमै उत्पादित जुत्ताचप्पलको १ सय ३५ वटा स्टल राखेका छौँ । हामीले विगत ०६९ सालदेखि हामीले निरन्तर मेला आयोजना गर्दै आएका छौँ । मेलाको व्यवस्थापन विगतमा साइज हेरेर गथ्र्यौं कहिने सानो, कहिले ठूलो हुन्थ्यो भने अब भने हामीले यसपालि गरिसकेपछि त्यसपछि कहिल्यै मेलाको आकार र उत्पादन बढाएर गर्ने भएका छौँ । विगतमा सामाग्रीको बिक्रीलाई प्राथमिकतामा राख्थ्यौँ भने यसपाली ग्राहक प्रमोसनलाई प्राथमिकतामा राखेका छौँ ।
मेलामार्फत नेपाली ब्रान्डको प्रमोसन गर्न खोजेका छौँ । मेला व्यवस्थापनको क्रममा हामीले मोफसलका साना उद्यमीहरूलाई पनि स्टलको लागि ठाउँ दिएका छौँ । जुत्ता बनाउन प्रयोग हुने कच्चापदार्थ रबरको पनि प्रर्दशनी गरिरहेका छौँ । त्यसैगरी, विगतमा महिला पुरुषका लागि मात्र जुत्ता उत्पादन गर्ने गरेका थियौँ र विगतका मेलाहरूमा तिनै उत्पादनलाई प्रर्दशनमा राख्थ्यौँ भने यसपालि अपांगमैत्री जुत्ताचप्पल पनि प्रर्दशनमा राखेका छौँ ।
नेपालमा जुत्ताचप्पल उद्योगको अवस्था कस्तो छ ?
नेपालमा उद्योगको संख्या थपिँदै गएको छ । उत्पादन पनि बढ्दै गएको छ । साना उद्योग तथा कुटिर उद्योगको रूपमा पनि जुत्ता उद्योग खुलेका छन् । ०६७÷६८ तिर नेपाली जुत्ता उद्योग निकै माथि थिए, बीचमा खस्किए अब फेरि माथि उठ्दै छन् । सबैको लेखाजोखा गर्न त गाह्रो छ ।
सरकारी तथ्यांकलाई आधार मान्ने हो भने हाल नेपालमा ठूला–साना गरी लगभग १ हजार ६ सय हाराहारीमा जुत्ता उद्योग सञ्चालनमा छन् । तर, कतिपय स–साना उद्योग दर्ता नगरीकनै पनि चलाइएका पनि होलान् । नेपालमा सञ्चालित जुत्ता उद्योगमा करिब ५० हजारले प्रत्यक्ष रोजगारी पाएका छन्, जसमा करिब १६ हजार महिलाले रोजगारी पाएका छन् ।
अहिले नेपाली जुत्ताचप्पलको बजार कस्तो छ ?
नेपाली उत्पादनको बजार धेरै राम्रो छ । तर, व्यवसायीहरूले गल्ती नगरेमा अझै राम्रो हुँदै जाने देखिन्छ । विदेशीभन्दा नेपाली उत्पादनमा उपभोक्ताको विश्वास पनि राम्रो छ । तर, उत्पादनलाई बढाउन सक्नुपर्छ । नेपाली जुत्ताप्रति क्रेज भएकै कारण यी बाह्रमासे जुत्ता मेला चलिरहेका छन् । नेपाली उत्पादनले ६२ प्रतिशत बजार ओगटेको छ ।
आव ०७२÷७३ मा नेपाली बजारमा सात करोड ६२ लाख ४४ हजार जोर जुत्ता खपत भएकोमा नेपालमै उत्पादित जुत्ताचप्पल भने तीन करोड ६२ लाख जोर खपत भएको तथ्यांक छ । नेपाली जुत्ता उद्योगको क्षमता करिब ११ करोड १९ लाख ७१ हजार जोर जुत्ता उत्पादन गर्ने भए पनि हाल वार्षिक करिब चार करोड ३९ लाख ५८ हजार जोर जुत्ता उत्पादन हुने गरेका छन् ।
नेपालमा सञ्चालित फुटवेयर उद्योगका समस्या के छन् ?
हिजोका दिनमा लोडसेडिङको समस्या थियो, त्यो हटिसक्यो । हाम्रा युवा काम नपाएर बिदेसिने गरेका छन् तर यस क्षेत्रमा हामीले काम गर्ने मान्छे चर्को मूल्य तिरेर बाहिरबाट ल्याउनुपरेको छ । जुत्ताचप्पलको उत्पादनको लागि दक्ष जनशक्तिको अभाव छ । दक्ष जनशक्ति उत्पादन गर्ने इन्सच्युटको अभाव छ । खुला सिमानाले गर्दा भारतवाट चोरी–निकासी गरेर सामान आयात हुने गरेको छ ।
जसका कारण चोरी–निकासीको सामान सस्तो हुने हाम्रा उत्पादन महँगा हुने भएकोले नेपाली जुत्ता उद्योगमा ठूलो असर परेको छ । त्यस्तै, कच्चापदार्थमा कालाबजारी हुने गरेकोले सोझो तरिकाले उतपादन गर्ने उद्योगले महँगो कच्चापदार्थ किन्नु परिरहेको छ ।
सरकारबाट के अपेक्ष गर्नुभएको छ ?
सबैभन्दा पहिलो त उद्योग सञ्चालन गर्न दक्ष जनशक्ति उत्पादन गर्न एउटा प्रशिक्षण केन्द्र स्थापना गर्न सरकारले पहल गरिदिए हुन्थ्यो भन्ने अपेक्षा रखेका छौँ । यसको लागि पहल पनि गरेका छौँ । अर्को सरकारले जुत्ता तथा जुत्ता बनाउन प्रयोग हुने कच्चापदार्थको चोरीनिकासी कम गराइदिनुप¥यो ।
भन्सार मूल्यांकन बढाइ दिनुप¥यो । आफू लाइटमा आउन सरकारी निकायले न्युरोड तथा दरबारमार्गमा मात्र छापा हानेर हुँदैन, नेपाली उत्पादनको न्यायको लागि खुला सिमाना बाट हुने चोरी–निकासीमा पनि ध्यान दिनुप¥यो । कतिपयले नेपाली उत्पादन भन्दै विदेशी सामान बेचिरहेका छन्, सरकारले निगरानी गरिदिनुप¥यो ।
विदेशी जुत्ताको व्यापार गर्ने मलहरूको कारण नेपाली उत्पादनको बजार घटेको हो ?
होइन, विदेशी जुत्ता लाउने केही सीमित धनीहरूको लागि हामीसँग उत्पादन नहुन सक्छ । उनीहरूले त जहाँ गएर पनि किन्न सक्छन् तर हाम्रो उत्पादन भनेको आमनेपाली जनताको लागि हो । ठुल्ठूला मलहरूले पनि नेपाली उत्पादन बेचिरहेका छन् । यहाँ खाँचो नेपाली उत्पादनको ब्रान्डिङको हो ।
फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसनको अवस्था कस्तो छ ?
१७÷१८ जनाबाट सुरु गरेको सोसिएनमा अहिलेसम्म ९३ भन्दा बढी उद्योगहरू आबद्ध भइसकेका छन् । अहिलेको कार्यसमिति १७ जनाको छ । एसोसिएसनले विभिन्न तालिमहरू सञ्चालन गरिरहेको छ । जसअन्तर्गत ४ हजारभन्दा बढी व्यक्तिहरूलाई तालिम दिएर उद्योगमा कामसमेत दिएका छौँ । पुस महिनाभरिमा हामीले सरकारसँग फुटवेयर औद्योगीक क्षेत्रको लागि सम्झौता गरिसक्ने प्रयासमा छौँ ।
एसोसिएसनको भावी योजना के छ ?
हाम्रो मिसन नै छ फुटवेयर औद्योगिक क्षेत्र स्थापना गर्नु, जसका लागि एसोसिएसन पूर्ण रूपले लागेको छ । जसका लागि ६ सयदेखि एक हजार रोपनी जग्गा हामी अफैँ किनेर अरू पूर्वाधार निर्माणको लागि सरकारलाई सहयोग माग्ने छौँ ।
साे क्षेत्रबाट हामी दक्ष जनशक्ति उत्पादनको लागि काम गर्नेछौँ । सबैको साझा उत्पादन क्षेत्रको स्थापनाको लागि हामीले काम गरिरहेका छौँ । एसोसिएन भनेको उद्योगी, सरकार र उपभोक्ता जोड्ने पुल हो । अझै सदस्यता विस्तार गरेर लाने तयारीमा छौँ ।
अन्तमा
सबै आमउपभोक्तावर्गलाई स्वदेशी उत्पादनलाई माया गरिदिनुस्, मेलाको अवलोकन गरेर हामीलाई हौसला दिनुस् भन्न चाहन्छु । नेपाली उत्पादनको बजार–विस्तार गर्न सबैको साथ अनिवार्य छ ।
प्रतिक्रिया