स्वास्थ्य सेवा विभागको उपमहानिर्देशकमा भण्डारी

chudamaniकाठमाडौँ । चुडामणी भण्डारी स्वास्थ्य सेवा विभागको उमहानिर्देशकमा नियुक्ति भएका छन् ।  सोमबारको मन्त्रीस्तरीयको निर्णय पछि स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलले भण्डारीलाई विभागको उपमहानिर्देशकको जिम्मेबारी दिएका हुन् ।

कुष्टरोग नियन्त्रण महाशाखाका निर्देशक समेत रहेका भण्डारी एघारौँ तहका हुन् ।  यसअघिका उपमहानिर्देशक डा. रमेश विक्रम सिंह घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीबाट पक्राउ परेका थिए ।

प्रतिक्रिया