नेपाल कृषिप्रधान मुलुक हो । यसमा कुनै दुईमत छैन । आजका दिनसम्म पनि लगभग ७० प्रतिशत नेपालीहरूको प्रमुख पेसा कृषि नै हो । प्रमुख पेसा कृषि भए पनि नेपालीहरूलाई विहान बेलुका छाक टार्न गाह्रो छ । देशमा युवाशक्ति तथ्यांकमा मात्र सीमित छ । वास्तविकता भने अर्के छ नेपालको । अनी नेपाली दैनिकीको । आजका दिनमा पनि करीब १५ सयभन्दा धेरै युवाले देश छाड्नुपर्ने बाध्यता सिर्जना भएको छ ।
सरकार फेरियो सत्तामा जाने अनुहार फेरियो तर जनताको दैनिकी फेरिएन । दैनिकजसो करीब ३ वटा लास बोकेका बाकस त्रिभुवन अन्तर्राराष्ट्रिय विमानस्थलमा आउने क्रम जारी छ । यो सबै हाम्रो देशको राजनेता र यिनीहरूले बसालेको थितिको उपज हो । युवाहरूमा काम गर्ने तागत छ तर यो शक्तिलाई परिचालन गर्ने र देश विकास गर्ने नेतृत्व छैन । अधिकांशले आरोप लगाए जस्तै अस्थिर सरकार वा गैरजिम्मेवार राजनीतिक नेतृत्व मात्र हो या जनता पनि हुन् ?
प्रश्न यो उठ्न सक्छ । युवाहरू विदेशिने मात्र आजकै गतिमा रहने हो भने आजको २५ बर्ष पछी नेपालमा हिँडडुल गर्न सक्ने मान्छे रहलान त ? यि यावत प्रश्नहरूले आज देशको लागि केही गर्छु भनेर लागिपर्नेलाई दैनिक रूपमा थिचिरहेको छ । दैनिक रूपमा विदेशिने सयौं युवाहरूमा अधिकांश रोजगारिको सिलसिलामा अति निम्नस्तरको कष्टप्रद काम गर्नका लागि खाडी मुलुकमा जाने गरेका छन भने, केही सयको संख्यामा युरोप अमेरिकालगायतका महादेशमा उच्च शिक्षाको लागि जाने गरेका छन् । यसले के देखाउछ भने प्रयाप्त रोजगारिको सिर्जना देशभित्र हुन नसक्नु नै आजको प्रमुख कारण हो जसले सयौंको संख्यामा ऊर्जावान नेपाली युवाहरूलाई यो देशको नेतृत्व र नीतिले बाहिर धकेलिरहेको छ भन्दा फरक नर्पला ।
युवाहरू चाहे पढ्ने बाहानामा होस् या काम गर्ने सिलसिलामा होस् । दैनिकजसो विदेशी रहेका छन् । हामी सबैले भन्दै सुन्दै आएको एउटा वास्तविकता के हो भने नेपाललाई छोटो समयमा नै सम्बृद्ध र अति कम विकशित मुलुकबाट विकासशील मुलुकको सूचीमा पु¥याउने ।
तर कृषिप्रधान देशका युवाहरू कृषिमा अधुनिकिकरण भित्रयउनेतर्फ नभएर कडा मिहेनत र परिश्रम गरेर डलर, रियाल, येन र दराम भित्र्याउन लागि परेका छन् । अनि त्यसरी भित्रिएको डलर र रियल उपभोगमा खर्च हुने गरेको छ । अनी ती डलर र रियालले चामल, दाललगायत दैनिक उपभोग्य वस्तु किन्नुपर्ने र दैनिकी चलाउनुपर्ने बाध्यता हामीसँग छ । होइन भने कृषि र पर्यटन विकासको विकल्प छैन ।
पर्यटन नेपालको लागि यस्तो क्षेत्र हो हामी जसबाट विनालगानी नै करोडौं डलर विदेशी पुँजी नेपालमा भित्र्याउन सक्छौँ र हजारौको संख्यामा रोजगारीका अवसरहरू सिर्जना गर्न सक्छौं । देश विकासको मेरुदण्डको रूपमा रहेको कृषि क्षेत्र पर्यटन पछी सबैभन्दा बढी सम्भाबना बोकेको क्षेत्र हो ।
करीब ७० प्रतिशत नेपाली जनताको जीवनयापनको मुख्य आधार भनेको कृषि पेसा हो । तर जुन रफ्तार र तरिकाबाट कृषि क्षेत्रको विकास हुनुपर्ने हो त्यसमा हामीले खासै ध्यानै दिइरहेका छैनौँ । आफ्नो धरातल र भूबनोट अनुसारको उत्पानमा हामीले ध्यान दिनेहो भने हाम्रा युवा विदेशमा गाई दुन, मल भकारो गर्न, सँगुर पाल्न र बाँजो फोर्न जानुपर्ने थिएन ।
कृषि क्षेत्रले अर्थतन्त्रमा निकै महत्वपूर्ण योगदान ओगटेको भए पनि विभिन्न समस्याले ग्रस्त छ । नेपालको कृषि परम्परावादी र निर्वाहमुखी रहँदै आएको छ । अझ भन्नुपर्दा नेपालको कृषि क्षेत्र थोरै जग्गा भएका निर्वाहमुखी किसानहरूको भरमा चलिरहेको छ । कृषिको व्यावसायीकरण गर्नका लागि जति लगानी हुनुपर्ने हो, त्यो भइरहेको छैन र युवाहरूलाई यो पेसामा आकर्षित गर्न नसक्नु, यस क्षेत्रको पर्याप्त विकास हुन नसक्नुको अर्को प्रमुख कारण बनेको छ ।
युवाहरू कृषि पेसामा आकर्षित नहुनुको एउटा प्रमुख कारण समाजमा कृषि पेसा अंगाल्ने ब्यक्तिलाई गरिने दोश्रो दर्जाको व्यबहार पनि हो । दोस्रो भनेको हाम्रो शिक्षा प्रणालिले टाईसुट वाला कामलाई दिएको अति महत्वले पनि कृषि लगायतका अन्य क्षेत्रहरू छायाँमा पर्ने गरेका छन् ।
आर्थिक सामाजिक रूपमा समाजमा खासै योगदान पुर्याउन नसक्ने पेसाहरू समाजमा सम्माननीय भइदिँदा कृषि लगायतमा अती सम्भावना बोकेका क्षेत्रहरू ओझेलमा पर्दै आइरहेका छन, नतिजा ठुलो संख्यामा युवाहरू यस्तै जागिरको खोजिमा भौतारिरहेका छन जुन अस्तित्वमा नै नरहन पनि सक्छन् ।
कृषि क्षेत्र विकास नहुनु एउटा पाटो हो तर नेपालमा यस क्षेत्र बिकासका निकै ठूला ठूला सम्भावनाहरू रहेका छन । समृद्धिका किरणहरू केही मात्रामा पशुपंक्षीका गोठ र गोलभेंडा काउलीका करेसाबाट देखिन थालेका छन । कयाँै युवाहरू कृषि क्षेत्रमा कायापलट गर्न सकिन्छ है भन्ने विश्वासका साथ सुझबुझ र नयाँ प्रविधिसँगै यस पेसामा सुन फलाउन सकिन्छ है भन्ने विश्वासका लागि परीरहेका छन । परम्परागत रूपमा गरिँदै आएको कृषि पेसालाई नियमित आय आर्जनको माध्यम बनाइरहेका छन । यो सबै करिबकरिब किसानको एक्लो प्रयासबाट भइरहेको छ । यसमा संगठनिक प्रयास र पूँजी लगानी आवश्यक भएको छ ।
हामी दुई निकै ठुला र उदयमान अर्थतन्त्र भएका मुलुककाबीच विलाएको अर्थतन्त्रका रूपमा स्थापित छौँ भन्दा फरक नपर्ला । यस्तो अवस्थामा हामीले हाम्रो देशमा उपलब्ध जलस्रोत र भूमीको प्रयोग गरेर कृषि उत्पादनमा जोड दिने हो भने हाम्रा उत्पादनले पनि बजार ओगट्न सक्छन् । प्रतिस्प्रधा गर्न किसानको एक्लो बलले धेरै समय थेग्न नसक्न पनि सक्छ । त्यसैले कृषि पेसामा लाग्ने कृषि उद्यमीलाई सुरक्षित लगानिको वातावरण र युवाहरूलाई कृषि उद्यममा लाग्न सरकारी तहबाट नै पहलकदमी लिनु निकै जरुरी भइसकेको छ ।
हाम्रो अर्थतन्त्रको मेरुदण्डलाई ग्रसित मानसिकताबाट हेर्ने बानीले हामी आफैँ पछाडि परेका छौ । हाम्रो उत्पादनले हामीलाई पाल्ने अवस्थाबाट हामी विमुख भइरहेका छौँ । त्यसैले खाद्यान्न आयात होइन निर्यात गर्ने सोचमा हामी जाग्नु पर्छ । युवा पलायन होइन युवा स्थापित हुने अवस्थामा हामी पुग्नु पर्छ । युवाहरू कृषि पेसामा नै स्थापित हुन सके यसको फाइन धेरै नै छ । समय लाग्छ तर कुर्न सक्नुपर्छ ।
सरकारले पनि किसानका लागि आकर्षक योजनाहरू ल्याउनु आवश्यक छ जसका कारण सरकारले किसानका लागि दिएको सेवा सुविधाबाट किसानले असहज र झन्झटिलो प्रक्रिया महसुस नगरीकन काम गर्न सक्ने वातावरण तयार गर्नुपर्छ । सरकारी छात्रवृत्तिमा पढेका कृषि स्नातक र प्राविधिकलाई छुट्टै मापदण्ड बनाई सरकारले तोकेको न्यूनतम समय अवधिको लागि अनिवार्य सेवामा लगाउन सक्ने हो भने कृषि क्षेत्रको कायापलट गर्न समय लाग्छ र ? गर्ने मन, सोच र जाँगर भए देश विकासका नार लगाउनै पर्दैन ।
प्रतिक्रिया