अंग्रेजी पात्रोको १२/१२ मा विश्वव्यापी स्वास्थ्य सेवा (युनिभर्सल हेल्थ केयर)का लागि विशेष दिनको रूपमा मनाउन थालिएको छ । सबैको पहुँचमा स्वास्थ्य सेवा पु¥याउने ध्येयका साथ सुरू भएको यो अभियान वास्तवमा नामजस्तै सबै ठाउँमा सहज उपलब्धताको प्रत्याभूत गर्दछ । स्वास्थ्य सेवामा प्रयोग हुने प्रविधिहरू अति विस्मयकारी बन्दै गइरहेका छन् भने यसको प्रयोगमा धेरै बाधाहरू पनि छन् । ती बाधाहरूलाई सहज रूपमा हटाउने रणनैतिक उपायको खोजी नै विश्वव्यापी स्वास्थ्य सेवाको आधार हो । स्वास्थ्य विज्ञानको नयाँ–नयाँ सफलता र उचाइसँगै ती सेवाहरू ऋति महँगो हुने हुँदा सबैले त्यसको फल लिन पाएका हुँदैनन् ।
एकातिर स्वास्थ्यको सबै समस्याहरूको समाधान छन् भन्ने र स्वास्थ्य उच्च प्रविधिमा आधारित हुनाले त्यो अतिकम मानिसको पहुँचमा रहने भएको छ । त्यो कसरी सर्वसाधारणमा पुग्छ भन्ने आधारमा यो अभियान चलेको छ । सबै रोगको उपचार पत्ता लागे पनि सबै रोगीमा पुग्न नसक्ने त्यो विधिको यस अभियानले समर्थन नगर्नेमात्र होइन, विरोध नै गर्छ भन्ने मेरो बुझाइ छ । सामान्य बुझाइमा समान, समतामूलक स्वास्थ्य सेवाको वितरण भए पनि त्यसको प्राप्तिमा जटिल खाले रणनैतिक व्याख्या र योजनाको जरुरी पर्छ । स्वास्थ्य सेवामा काम गर्नेले यसको गहिराइ बुझ्नु जरुरी छ भने सर्वसाधारण सबैले यसको उद्देश्य र योजनाको लागि अभिमुखीकरण हुनैपर्छ अनिमात्र ‘सबैको लागि स्वास्थ्य र स्वास्थ्यको लागि सबै’ भन्ने विशाल अभियानमा सहभागी हुनको लागि मार्ग प्रशस्त हुन्छ ।
के हो विश्वव्यापी स्वास्थ्य सेवा ?
सबै जनता वा समुदायले आफ्नो आवश्यकताअनुसारको स्वास्थ्य सेवामा सहज पहुँच हुन्छ र सेवा ग्रहणको कारण कोही पनि गरिब बन्नुपर्ने वा आर्थिक संकटमा पर्नुपर्ने छैन । यस्तो स्वास्थ्य सेवामा स्वास्थ्य प्रवद्र्धनदेखि रोगको उपचार, रोकथाम तथा उचित पुनसर््ंथापना र लाक्षणीक उपचार सबै पर्छ र सेवा वितरण र ग्रहणमा अत्यावश्यक र गुणस्तरको सवाल सधैँ केन्द्रमा हुने गर्दछ । स्वास्थ्यमा भएको समग्र खर्चमध्ये ४० प्रतिशत अनावश्यक भएको विभिन्न अध्ययनबाट पाइएको छ । यस्तो हुनुलाई स्वास्थ्य सेवा लिने विषयमा आवश्यकताभन्दा सहजता र पहुँचकै दुरूपयोगको उदाहरण मान्न सकिन्छ ।
महँगो सेवा लिन सक्नेले सौख र रहरमा विभिन्न परीक्षण गर्ने, सामान्य अवस्थामा पनि अस्पतालको शैया भरिदिने पनि हुन्छ । जसको कारण आवश्यक पर्नेहरू कम पहुँचवाला भएकोले पालो कुर्नुपर्ने हुन जान्छ । तर, विश्वव्यापी स्वास्थ्य सेवाले स्वास्थ्य जोखिम र भारको सामूहिक वितरणको रणनीति अगाडि सारेको छ जसबाट एउटा व्यक्तिको रोगको कारण, उपचार र पुनसर््ंथापनामा सामूहिक जिम्मा तथा लगानीको वातावरण बन्न जान्छ । यसले गर्दा खर्च गर्न सकेको आधारमा लिइने स्वास्थ्य सेवालाई दुरुत्साह गर्छ ।
सबै रोगभन्दा पनि बढी समस्या बनाएको रोग वा त्यसको कारणको समाधानमा सहज पहँुचलाई पहिला सम्बोधन गर्छ । यसरी प्राथमिकताको पनि ख्याल गर्दै सबै रोगको उपचार, रोकथाम गरी स्वास्थ्य प्रवद्र्धन गर्ने रणनीति रहेको हुन्छ । स्वास्थ्य सेवा अतिमहँगो भएको कारण बिरामीको लागिपर्ने आर्थिक संकटबाट बचाउन उपयुक्त र भरपर्दो आर्थिक विनिमय वा संग्र्रहको समेत व्यवस्था गर्ने काम पनि विश्वव्यापी स्वास्थ्य सेवामा पर्छ । परिवारको एक सदस्यको उपचार गर्दा अरू भोकै रहनुपर्ने अवस्था पनि हटाउनुपर्ने मान्यता राख्ने हुनाले स्वास्थ्य बिमाजस्ता आर्थिक उपकरणको समेत प्रयोग गर्ने खालको हुन्छ ।
त्यसै कारणले सन् २०३० (विसं २०८८) सम्म सबै देशमा विश्वव्यापी स्वास्थ्य लागू हुनसक्ने गरी काम गर्ने लक्ष्यसमेत एसडिजी २०३० ले लिएको छ । जसले यो प्राप्त गरिसकेको छ, त्यसले स्वास्थ्यको अन्य क्षेत्रमा लगानी गर्ने छ । राम्रो स्वास्थ्यले बच्चाको सिकाइ र प्रौढको कमाइ वृद्धि गर्नेछ, जसले गरिबी भगाइ दीर्घकालीन विकासमा सहयोग गर्नेछ ।
के होइन विश्वव्यापी स्वास्थ्य सेवा ?
शब्द मात्र बुझ्न खोज्नेले यसको गलत वा अव्यावहारिक अर्थसमेत लगाउने हँुदा के होइन भन्ने कुरा पनि बुझ्नु जरुरी छ । जसरी यसलाई बुझे पनि यसको आफ्नै सीमितता पनि छ । सबै स्वास्थ्य सेवा निःशुल्क भन्ने अर्थ हुँदैन । कुनै पनि देशले कुनै पनि अर्थमा निःशुल्क सेवा दिन नसक्नेसमेत स्वास्थ्य क्षेत्रको जटिल सत्य बनेको छ । निःशुल्क होइन भन्दैमा सबैको पहुँच नहुने भन्ने पनि हुँदैन यदि आर्थिक विनिमय र संग्र्रहको सही औजार प्रयोग गरियो भने । स्वास्थ्य सेवामा प्रभाव पार्ने सबै तत्वहरू जस्तैः स्वास्थ्य सेवा वितरण प्रणाली, जनशक्ति, स्वास्थ्य संस्था, सूचना–सञ्चार सञ्जाल, स्वास्थ्य प्रविधि, गुणस्तर सुनिश्चितता र शासन ऐन–कानुनहरूको यस अभियान अनकूल भए÷नभएको हेरचाह गर्छ ।
विश्वव्यापी स्वास्थ्य सेवाले न्यूनतम स्वास्थ्य सेवामात्र नभई सक्दो विस्तारमा समेत लाग्ने गर्छ । समुदाय समाजलाई समेत इकाइ मानेर रोगको मूल्यांकन गर्ने हुनाले यो केवल व्यक्तिको मात्र ख्याल गर्ने होइन । जस्तोः जनस्वास्थ्यका विभिन्न अभियान चलाउने, मलेरियाको लागि झुल वितरण, पानीमा फ्लुराई मिसाउनेजस्ता कार्य गर्छ । युनिभर्सल हेल्थ केयरले केवल स्वास्थ्यको मात्र मुद्दाभन्दा पनि सामाजिक समता÷समानता, विकासका प्राथमिकता साथै सामाजिक समावेशिता र सहिष्णुताको सवालमा पनि स्वास्थ्यको लागि साधन र साध्य दुवैको रूपमा प्रयोग गर्छ ।
राज्य कसरी विश्वव्यापी स्वास्थ्य सेवामा उन्मुख हुनसक्छ ?
सन् १९७८ मा प्राथमिक स्वास्थ्य सेवाको अवधारणापछि यसको लागि धेरै प्रयासहरू भए र कहीँ–कहीँ सफल प्रयोगसमेत भए । समुदाय सहभागिता, समानुपातिक वितरण, उपयुक्त प्रविधि, अन्तरसंस्थागत समन्वयजस्ता सिद्धान्तमा आधारित उक्त अभियानले धेरै कुराको ज्ञान गराएको आधारमा अब स्वास्थ्य क्षेत्रलाई कसरी सामाजिक सुरक्षाको विषय बनाउने मुद्दामा धेरै अनुभव प्राप्त भइरहेकै छन् । अहिले विभिन्न अनुभवबाट के देखिएको छ भने, हामी अप्ठेरोमा पर्नुको कारण स्रोतको कमी भएरभन्दा पनि सही परिचालन नभएर हो ।
समग्रमा आर्थिकसङ्ग्रह पनि प्रचुर भएको र स्वास्थ्य सेवाको लागि प्रविधिहरू अतिप्रगतिको चरणमा छाँै भने त्यसमा सबै जनताको पहुँचको लागि स्वास्थ्य बिमा कार्यक्रम अतिसहज औजारको रूपमा आएको छ । हाम्रो देशमा समेत यसको ९ जिल्लामा प्रयोगको सुरूवात भइसकेको छ भने यसको विस्तारको लागिसमेत समुदाय तथा राज्य दुवै तयार भएको अवस्था छ । त्यसै गरी सुशासन, खरिद प्रक्रिया उपयुक्त र द्रूतरूपमा हुने तथा स्वास्थ्य सूचनाको उपयुक्त प्रयोगबाटसमेत सेवाको प्रभावकारिता बढाउन सकिन्छ । यिनै राज्यका कामभित्र पदर्छन् ।
कसरी मापन गर्न सकिन्छ त ?
यसको मापनको लागि दुई तरिकाको प्रयोग गर्न सकिन्छ । एक अत्यावश्यक स्वास्थ्य सेवामा जनताको पहुँचको अनुपात हेरेर र अर्को कमाईको कति खर्च स्वास्थ्यमा खर्च गर्छ हेरेर । यी दुई उपकरणलाई अझ खण्डित गरी विश्व स्वास्थ्य संगठनका अनुसार विभिन्न चार वर्गको चार सूचक गरी १६ सूचकमा जाँचेर हेर्न सकिन्छ । परिवार स्वास्थ्य, प्रसूति स्वास्थ्य, खोप सेवा, बच्चाको रोगमा हेरचाह गर्ने धारणाको आधारमा पहिलो चरणको सूचक हेर्न सकिन्छ । अर्को सूचक समूहमा सरुवा रोगहरूको अवस्था जस्तैः क्षयरोग, एचआईभी उपचार, औलोको रोकथाम तथा उपचार र सरसफाइमा हेर्न सकिन्छ । नसर्ने रोगको सम्बोधन पनि यसैमा पर्ने हुँदा उच्च रक्तचाप र मधुमेहको रोकथाम र उपचारमा गरिएको प्रयास, पाठघरको मुखमा हुने अर्वुदको पूर्वपरीक्षण र सूर्तीजन्य पदार्थको प्रयोगको सूचकबाट त्यसको अवस्था नाप्ने गरिन्छ ।
विश्वव्यापी स्वास्थ्य सेवाको अवस्था मापन गर्न प्रारम्भिक चरणका चार समूहका यी सूचकहरूमध्ये सेवा क्षेत्रको विस्तार र क्षमता पनि पर्दछन् । त्यसअन्तर्गतका सूचकहरूमा १) आधारभूत अस्पतालको मात्रा र त्यसका जनताको पहुँच २) स्वास्थ्यकर्मी र जनसंख्याको अनुपात ३) अत्यावश्यक औषधिको उपलब्धता र ४) स्वास्थ्य सुरक्षाको सवालमा अन्तर्राष्ट्रिय मान्यताको पालनाको अवस्थाको लेखाजोखाबाट आफ्नो अवस्था पत्ता लगाउँछौँ । विकासको नयाँ अवधारणामा स्वास्थ्य पनि केन्द्रीय मुद्दा बनेको छ । त्यसकारण अब विकास गर्ने र गरिबी घटाउन नगरी नहुने अर्को काम भनेकै स्वास्थ्यमा सबैको समान पहुँच नै हो ।
प्रतिक्रिया