काठमाडौ, १० असोज । ‘सर, एउटा केटो मेरी छोरीलाई बलात्कार गरेर भाग्यो । त्यसलाई पक्राउ गर्दिनुप¥यो !’ केही दिनअघि जवान छोरीलाई साथै लिएर महानगरीय प्रहरी वृत्त बालाजु पुगेकी एक अधवैंसेले महिलाले वृत्तका ड्युटी अफिसरलाई यसरी आत्तिदै ‘बलात्कारी समात्न प्रस्ताव’ राखिन् ।
‘जबर्जस्ती करणी’ सामान्य खालको अपराध हुँदै होइन । त्यसैले ड्युटी अफिसरले ‘महिला सेलमा जानूस्’ भनेर सामान्य ढंगले पन्छाउन चाहेनन् । बरु वृत्तका डिएसपी सन्तोष तामाङको कार्यकक्षमा पुगेर भने, ‘सर, एकजना बलात्कृत युवती र उनकी आमा उजुरी गर्न आएका छन्, उनीहरू निकै आत्तिएका छन् ।’ त्यसपछि डिएसपी तामाङ आफैँ घटनाको अनुसन्धानमा जुटे । लमजुङ स्थायी घर भएकी २० वर्षीया कृति (नाम परिवर्तन) बालाजु बस्दै आएकी थिइन् । नवलपरासीका २५ वर्षे युवा कीर्तिपुर बस्थे । कृति र ती युवाका बीचमा नाता पथ्र्यो तर हाडनाता होइन । ‘मामा–चेला, फुपु–चेलाको नाता पर्दोरहेछ’ बालाजु वृत्तका डिएसपी सन्तोष तामाङले भने, ‘बिहावारी चल्ने खालको नाता पर्ने कुरा अनुसन्धानको क्रममा खुल्यो ।’
प्रहरीका अनुसार युवाले केही महिनाअघि कृतिसँग ३ हजार रूपैयाँ सापटी लिएका थिए । त्यही पैसा फिर्ता दिनका लागि बालाजु गएका बेला उनीहरू बीच यौन सम्पर्क भएको थियो । त्यसभन्दा पहिले पनि पटकपटक भएको यौन सम्पर्कको घट्नालाई कृति र उनकी आमाले लुकाए । प्रहरीसँग उनीहरूले जिकिर गरे, ‘उसले (आरोपी) जबर्जस्ती करणी गरेको हो, ऊ कारवाहीको भागिदार हुनैपर्छ ।’
त्यसपछि डिएसपी तामाङले जाहेरी दर्ता गरेर युवालाई खोज्न थाले । युवा नवलपरसीमा पुगेको पत्ता लाग्यो । डिएसपी तामाङले उनको डिटेल टिपाउँदै नवलपरासीको प्रहरी प्रमुखलाई टेलिफाने गरेर भने, ‘उसलाई पक्राउ गरेर पठाइदिनुप¥यो ।’
युवा र कृतिका बीचमा विवाह गर्ने सहमति भएको थियो । कृतिकी आमा पनि छोरीको विवाह ती युवासँगै गरिदिने कुरामा सहमत थिइन् । २-४ पटक यौन सम्पर्क भएपछि उनी टाढिन थालेका थिए । कृति उनलाई पछ्याउँथिन् । पछिल्लोपटक यौन सम्पर्क भएपछि २ बीचमा भनाभन भएकाले युवा नवलपरासी पुगेका थिए ।
युवाले आफूलाई विवाह गर्न नचाहेको कुरा शंका लागेपछि बल्ल कृतिले उनकी आमालाई भनिन्, ‘३ हजार फिर्ता गर्न आउँदा उसले मलाई बलात्कार गरेर भाग्यो ।’ त्यसपछि आमाछोरी प्रहरी वृत्त बालाजु पुगेका थिए । नवलपरासी प्रहरीले युवालाई हत्कडी लगाएपछि दुवैतिरको परिवारमा होहल्ला मच्चिएको थियो ।
कृतिले जबर्जस्ती करणीको उजुरी हालेका कारण आफ्नो छोरा पक्राउ परेको थाहा पाएपछि युवाको परिवारले तुरुन्तै उनीहरू बीचमा विवाह गरिदिने प्रस्ताव गरे । त्यसपछि कृति र उनकी आमा ब्याक भएको पाइएको प्रहरीको भनाइ छ । युवालाई म्याद थप गर्नका लागि भ्यानमा चढाएपछि बलात्कृत युवतीले आँशु झार्दै भनिन्, ‘सर, यो पटक उसलाई छाड्दिन मिल्दैन ?’ अकस्मात उनको यस्तो प्रश्न सुनेपछि डिएसपी तामाङ छक्क परे । त्यसपछि तामाङले कृतिलाई सोधे, ‘यसभन्दा पहिले पनि यस्तो घट्ना घटेको थियो ?’
कृतिले रुँदै रुँदै त्यसअघि पनि १÷२ पटक यौन सम्पर्क भएको कुरा स्वीकार गर्दैगर्दा बालाजु प्रहरीले भ्यान जिल्ला अदालत काठमाडौंको मुलगेटबाट भित्र छिरिसकेको थियो । अहिले आरोपी बालाजु प्रहरीको हिरासतमा छन् । जबर्जस्ती करणीको मुद्दामा म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । अहिले बलात्कृत भनिएकी युवती र केटाको परिवार ‘हामी मिलिसक्यौँ’ भन्दै उनलाई हिरासत मुक्त गराउन प्रहरी वृत्त धाइरहेका छन् ।
‘अब त्यसरी हामी मिल्यौँ भनेका भरमा कसरी हुन्छ ?’ महानगरीय प्रहरी वृत्तका एक अधिकारीले भने, ‘पहिले बर्बाद भयो, बलात्कारको सिकार भएँ भन्दै आउने अनि मुद्दा दर्ता भएपछि हामी मिल्यौँ भन्न सुहाउँदैन ।’ यसरी युवा र कृतिको बीच सहमतीमै यौनसम्पर्क भएको र पछि विवाह नगर्ने युवाले भनेपछि बलात्कारको उजुरी दर्ता भएको खुल्न आएको एक प्रहरी अधिकारीले बताए ।
प्रतिक्रिया