‘धुर्मुस’ ‘लखनभाइ’ र ‘सुन्तली’ ‘लक्षुमनीया’ –सुन्तली’ अब

dhurmus suntali copyकाठमाडौं, २८ चैत । बालविवाह र चेलीबेटी बेचबिखनविरुद्धको बालमैत्री मैथिली सर्ट फिल्म ‘मुन्नी’मा धुर्मुस सुन्तलीको नाम र भूमिका फेरिने भएको छ । उक्त फिल्ममा हास्यकलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लक्षुमनीया र लखनभाइको भूमिकामा देखिने भएका छन् । त्यहाँ उनीहरू मधेसी पात्रको रूपमा देखिन लागेका हुन् ।

पछिल्लो समय हास्यटेलिशृंखला ‘मेरी बास्सै’सँगै चेतनामूलक फिल्म निर्माणमा व्यस्त धुर्मुस–सुन्तली चर्को घाम र हावाहुरीका बाबजुद ‘मुन्नी’को छायांकनका लागि लहान पुगेका छन् । ‘मुन्नी’ले बालमैत्री समाजको महत्व र आवश्यकतालाई दर्शाउने फिल्मका लेखक तथा निर्देशक सीताराम कट्टेलले बताए ।

तराईभेगमा दाइजो दिनु नपर्ने भन्दै नचिनेको मान्छेलाई छोरी सुम्पिदा आइपर्नसक्ने जोखिमलाई फिल्ममा रमाइलो ढंगले प्रस्तुत गरिएको कुञ्जना घिमिरेले जानकारी दिइन् । चलचित्रमा मुन्नीको भूमिकामा गायत्री सिंह देखिएकी छन् ।

मुन्नीमा दीपक आचार्य, महेन्द्र झा, रूपा झा, गौरीनारायण ठाकुर, दिनेश रसिया, सरबन यादब, प्रेमनारायण झा, गजेन्दर ठाकुरलगायतका कलाकार पनि देखिनेछन् । मैथिली भाषाका संवादहरू बोल्नलाई केही अप्ठ्यारो भए पनि ‘मुन्नी’लाई उत्कृष्ट बनाउने कोशिस गरिरहेको फिल्म युनिटले जानकारी दिएको छ ।

प्रतिक्रिया