‘नवीन’ बने भोजपुर आइडल

nabinभोजपुर, ७ चैत । भोजपुरमा आयोजित तेस्रो भोजपुर आइडलको उपाधि नवीन राईले जितेका छन् । भोजपुर होम्ताङका नवीनले आफ्ना ९ प्रतिस्पर्धीलाईै पछि पार्दै उपाधि जितेका हुन् ।

भोजपुरमा आइतबार राती अबेला सकिएको अन्तिम प्रतिस्पर्धामा नवीनले उपाधि जित्दै १ लाख रुपैयाँसहित जित दर्ता गरेका छन् । प्रतियोगितामा उत्कृष्ट व्यक्तित्वतर्फ रानीवासका बिर्सिमान राई र उत्कृष्ट अनुशासनमा बासीखोराका राजकुमार राई भएका छन् । उत्कृष्ट प्रतियोगीलाई १० हजार रुपैयाँका साथै ट्रफी प्रदान गरिएको कटुन्जे युवा क्लबका अध्यक्ष बाजेन्द्र किराँतीले जानकारी दिए ।

शनिबार सुरु भएको औपचारिक कार्यक्रमको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव गणेश रसिक तथा प्रगतिशील गीतकार श्याम तमोटले उद्घाटन गरेका थिए ।

आइडलमा प्रतियोगीको मत, प्रस्तुति, स्वरलगायतको मूल्यांकन गरिएको थियो । कटुन्जे युवा क्लब धोत्लेखानीको आयोजनामा प्रत्येक वर्ष हुँदै आएको कार्यक्रममा गायिका मेलिना राई, नेपाली ताराका उपविजेता देवेश राई, संगीतकार मनोज सानसोङलगायतको प्रस्तुति पनि थियो ।

आइडलमा प्रतियोगीहरूको भोटिङ, प्रस्तुति, स्वरलगायतको मुल्यांकन गरिएको थियो । आइडलको निर्णायकमा गायक तथा संगीतकार मनोस साङसोन, नेपाली ताराको उपविजेता देवेश राई, गायिका मेलिना राईले गरेका थिए । यसअघि भोजपुर आइडलको उपाधि कुमार प्रधान र पूर्णप्रसाद राईले पाइसकेको छ भने भोजपुर आइडलको चौथो अडिसन आगामी महिनादेखि सञ्चालन हुने अध्यक्ष किराँतीले बताए ।

प्रतिक्रिया