धरानमा सुन्दरीको क्याटवाक

dharane-sundari-1 (1) copyसुनसरी, ७ चैत । शुक्रबार बेलुका धरानमा ‘एसडब्लु फेसन परेड’ नामको कार्यक्रममा स्थानीय नयाँ, पुराना २२ मोडलहरू ¥याम्पमा उत्रिएका छन् । धरान नगरपालिकाका पूर्वमेयर मनोजकुमार मेन्याङ्वोले सञ्चालन गरेको होटल कञ्चनजंघामा आयोजित कार्यक्रममा धराने सुन्दरीहरू ¥याम्पमा उत्रिएका हुन् ।

होटलको अघिल्लो भागमा तिहारको झल्को आउने गरि झिलिमिली बत्ती बालिएका थिए । पछिल्लो भागमा ‘हाई भोल्टेज म्युजिक’मा सुन्दरीहरू ‘क्याटवाक’ गरिएको थियो । भिन्टेज इभेन्ट्सको आयोजना तथा ¥याम्पवक मोडल एजेन्सीको संयोजनमा भएको फेसन सोमा परेड स्प्लेन्डर बुटिककी हेमा राईले तयार पारेका पहिरनमा मोडलहरू ठाँटिएका थिए ।

ललित राईले कोरियोग्राफी गरेको फेसन परेडमा मोडलहरू ब्राइडल, पार्टी वेयर, ढाका कुर्ती, लेहेङ्गा, लिम्बू जाति मेख्ली र मायाराज फेसन स्टोरको मिक्स क्याजुअल पहिरनमा देखा परे । कार्यक्रममा मुन लाइट डान्स सेन्टरका कलाकारले नृत्य तथा स्थानीय गायकहरूले गीत गाएर दर्शकलाई थप मनोरञ्जन प्रदान गरेका थिए ।

प्रतिक्रिया