दाङ, ३० फागुन । दाङको घोराही महोत्सवमा गीत गाउन पुगेकी रितु कँणेलले दर्शकहरूलाई नचाएकी छन् । कार्यक्रम सञ्चालकले आधुनिक पप गायिका रितुलाई बोलाउने बित्तिकै दर्शकदीर्घा हौसन थालेको थियो ।
उद्योग वाणिज्य संघ दाङले घोराहीमा आयोजना गरेको घोराही महोत्सवको सांगीतिक यात्रामा भाग लिन दाङ पुगेकी गायिका रितुले प्रस्तुत गरेका गीतमा उपस्थित दर्शकहरूलाई फनफनी नचाएका हुन् । उनले घोराही महोत्सवमा ‘माया यस्तै रैछ’, ‘आउन आऊ’, ‘आइलभ’ जस्ता थुप्रै गीत गाएकी थिइन् । उनले गीत गाइरहँदा दर्शकहरूले स्वरमा स्वर थपिरहेका थिए भने कतिपय नाच्नमा व्यस्त भए ।
छोटो समयमा आधुनिक पप गायन क्षेत्रमा राम्रो पकड जमाउन सफल रितुको प्रस्तुतिले सबैलाई मनोरञ्जन प्रदान ग¥यो । अवसर र चुनौतिकाबीच गायन क्षेत्रलाई अँगालेकी रितुले छोटो समयमा नै आपूmलाई दर्शकमाझ लोकप्रिय गायिकाका रूपमा उभ्याउन सफल भएकी छन् । ‘अरू चाडपर्वका बेला पूजा र व्रतमा व्यस्त हुन्छन् तर म दर्शकमाझ आफ्ना प्रस्तुति लिएर जाने गर्छु,’ रितुले भनिन्, ‘दाङमा दर्शकहरूको साथ र समर्थनले थप हौसला मिलेको छ ।’
केही महिनादेखि रितुलाई स्टेज प्रोग्रामहरूमा जान भ्याइनभ्याइ छ । गायिका रितु यतिबेला दर्शकको मागका कारण आयोजकको तानातानमा परेकी छन् । १ हप्ताअगाडि मात्रै उनी हेटौँडा, स्याङ्जा, पोखराको कार्यक्रम सिध्याउँदै दाङको घोराही महोत्सवमा पुगेकी हुन् । दाङ महोत्सवमा राष्ट्रिय र स्थानीय कलाकारहरूको प्रस्तुति हुने गरेको छ । गायिका रितुले आफ्नो ‘बतास एल्बम’ चाँडै दर्शकमाझ बजारमा आउन लागेको बताइन् । आपैmँ म्युजिक भिडियोमा खेलेकी रितुले १ हप्ताभित्र दर्शकमाझ सार्वजनिक गर्ने बताइन् । उनको उक्त पप एल्बममा माया पिरतीका विषय उठान गरिएको छ ।
प्रतिक्रिया