काठमाडौं, २६ फागुन । नेपाली चलचित्र ‘साइनो’ बाट डेब्यु गरेकी नवनायिका खुश्वु खड्का आपूm अभिनित ६ वटा चलचित्र रिलिजको पखाईमा रहेकी छन् । उनले अभिनयमा डेब्यु गरेको फिल्म साइनोले बजारमा खासै प्रभाव छाड्न नसके पनि उनी यही क्षेत्रमा निरन्तर लागिरहेकी छन् ।
पहिलोपटक काम गर्दा नायिका खुश्वु खड्कालाई यो क्षेत्रमा केही गर्ने जोससहित आएकैले निरन्तरता दिइरहेकी छन् । चलचित्र क्षेत्रमै लागेर चर्चित नायिका बन्ने सोचले अगाडि बढेकी उनी ७ वर्षदेखि यही क्षेत्रमा छिन् । तर, पहिलो चलचित्र चले पनि अपेक्षित सफलता नपाएको उनको गुनासोसमेत रहेको छ ।
खुश्वुले दोस्रो चलचित्र, ‘सुकुलगुन्डा’ अभिनय गरेकी छन् । यो चलचित्रमा नायक जीवन लुइटेलसँग उनले स्क्रिन सेयर गरेकी थिइन् । तर, यो चलचित्र निर्माण भएको लामो समय भइसक्दा पनि रिलिज हुन सकेको छैन ।
खुश्वुले ६ वटा चलचित्रमा अभिनय गरिसकेकी छिन् । कुनै पनि चलचित्र रिलिज नहुँदा उनको करिअर चम्कन सकेको छैन । चलचित्र ‘उहिलेको बाजाको पालामा’ मंसिर महिनामा प्रदर्शनमा आउने भनिएता पनि पछि एकाएक स¥यो । अरू केही चलचित्र पनि छन्, जुन रिलिज हुने कुनै अत्तोपत्तो छैन ।
केही म्युजिक भिडियो र एउटा हिन्दी चलचित्रको गीतको कभर भिडियोमा समेत काम गरेकी खुश्वु भन्छिन्, ‘अझै धैर्यता गर्दै छु, हेरौँ मेरो पनि समय पक्कै आउला ।’
उनी, अब प्रदर्शन नभएका चलचित्रको प्रदर्शन मिति पर्खनुभन्दा पनि नयाँ प्रोजेक्टमा व्यस्त रहने सोचमा रहेको समेत उनले बताएकी छन् ।
प्रतिक्रिया