“बन्ठे”मा माझीको कथा

काठमाडौं, २० फागुन । माझी समुदायमा कुनै पनि मान्छे नराम्रो अनुहारको देखियो भने त्यसलाई ‘बन्ठे’ भन्ने गरिन्छ । अब यही ‘बन्ठे’ चरित्रलाई पर्दामा देख्न पाइने भएको छ । युबी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘बन्ठे’को सोमबार शुभ मुहूर्त गरिएको छ ।

सूचना तथा सञ्चारमन्त्री शेरधन राईको प्रमुख आतिथ्य र चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईको विशेष आतिथ्यतामा भएको कार्यक्रममा मुहूर्तको निर्देशक राजकुमारले गरेका थिए भने सञ्चारमन्त्रीले नरिवल फुटाएका थिए । कार्यक्रममा मन्त्री राईले नेपाली फिल्महरूले समाजको सही चरित्रलाई पर्दामा उठाउनुपर्ने सुझाव राखेका थिए भने भने बोर्ड अध्यक्ष राईले समाजको वास्तविकतालाई फिल्ममा उठाउन युवाहरूले गरेको प्रयासको तारिफ गरे ।

भोमन कटुवालको निर्देशनमा बन्न लागेको फिल्ममा दुर्गा घिमिरे कार्यकारी निर्माता छिन् भने उनलाई निर्माणमा खगेन्द्र फुयाल, विशालप्रसाद अधिकारी र शारदा खड्काले सघाएका छन् । २२ फागुनबाट छायांकन सुरु हुने फिल्ममा सञ्चिता लुइँटेल, उमेश शिवाकोटी, मनिष भण्डारी, परि शाक्य र किरण कुँवरलगायतको अभिनय छ । काठमाडौं, धरान, कोसीटप्पु’ र उदयपुरमा छायांकन हुने फिल्ममा राजु किराँतीको द्वन्द्व, दैव खड्काको नृत्य, अनिलकुमार महर्जनको सम्पादन र विजय बस्नेतको छायांकन रहनेछ ।

प्रतिक्रिया