माल्भिका चाँडै आमा बन्ने

malvika copyकाठमाडांैं, १५ फागुन । पूर्वमिसनेपाल तथा चलचित्रकी निर्मात्री माल्भिका सुब्बाले आपूm चाँडै आमाबन्न लागेको खुलाएकी छन् । आज उनले एक कार्यक्रमा वैशाख महिना आफ्नो विशेष रहने बताएकी छन् ।

माल्भिकाले १० वैशाखमा आपूmले निर्माण गरेको पहिलो चलचित्र ‘हाउ फन्नी’ प्रदर्शन हुने र १७ वैशाखमा आफ्नो पेटमा रहेको बच्चा बाहिर आउने भन्दै यो महिना विशेष रहेको बताएकी छन् । यसैले पनि आपूm दुवै कुराले उत्साहित भएको माल्भिकाको भनाइ थियो ।

अगाडि फेसबुकमा तस्बिर पोस्ट गरेर आफू गर्भवती भएको सार्वजनिक गरेकी माल्भिकाले चलचित्रको कार्यक्रममा डेलिभरी समय पनि सार्वजनिक गरिदिइन् ।
यो चलचित्रको माल्भिका कार्यकारी निर्मात्री हुन् । माल्भिका कार्यक्रममा पुगेपछि नायिका प्रियंका कार्की आइपुगेकी थिइन् । उनले माल्भिकासँग तस्बिर खिचाउँदै उनको पेटमा चुम्बन गरिन् ।

निलु डोमा शेर्पाले निर्देशन गरेको यो चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, निशा अधिकारी, अनुप विक्रम शाही मुख्य भूमिकामा छन् ।
चलचित्रमा केकी र प्रियंका जासुस युवतीको भूमिकामा देखिएका छन् । यी २ पात्रको वरिपरि कथा घुमेको निर्देशक शेर्पाको भनाइ थियो ।
कार्यक्रममा केकी र प्रियंकाले यो चलचित्र आपूmहरूका लागि विशेष भएको बताए । पहिलोपटक आपूmहरू जासुसको भूमिकामा देखिएको भन्दै उनीहरूले च्यालेन्जिङ भूमिका गर्न पाएकोमा खुसी व्यक्त गरे ।

प्रतिक्रिया