काठमाडौंं, १४ फागुन । नेपाली चलचित्र क्षेत्रका हरेक कलाकारहरूलाई आपूmलाई फरक विधामा पनि उपस्थिति जनाउने गरेका छन् । यस्तै नायिका नम्रता श्रेष्ठले अभिनय मात्र नभई अब गायिका बन्ने छनक दिएकी छन् ।
गायिका मेलिना राईको आवाजमा समावेश ‘प्रकृतिका सुन्दर’ बोलको गीतलाई नायिका नम्रता श्रेष्ठले शीर्षगीतको रूपमा गाएपछि उनी गायिका बनेकी छन् । चलचित्र ‘क्लासिक’मा समावेश यो गीतलाई दर्शकले पनि खुबै रुचाएका थिए । अन्य केही नायिकाहरूले पनि शीर्षगीत गाइरहेको समयमा नायिका नम्रता पनि गायिका बनेकी हुन् ।
डाक्टर कृष्णहरि बरालको शब्दमा तयार भएको यो गीतलाई नम्रताले आफ्नै शैलीमा गाएकी छिन् । यो गीत गाएर नम्रताले आफू पनि गायिका बन्ने छनक देखाएकी छिन् । माघ २९ गतेबाट प्रदर्शनमा आएको यो चलचित्र आजबाट तेस्रो सातामा प्रवेश गरेको छ । केही दिनअगाडि मात्र चलचित्रको टोली काठमाडौं बाहिरका हलमा पुगेर आएको थियो । निर्माता सुवास गिरीले तेस्रो हप्ताबाट चलचित्रले नाफा कमाउने र ओभरसिज राइट्स, भिसिडी राइट्सले आपूmलाई राम्रै रकम नाफा हुने बताए ।
आर्यन सिग्देल र नम्रता श्रेष्ठ मुख्य भूमिकामा रहेको यो चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् ।
प्रतिक्रिया