“रामप्यारी”को प्रचारमा तीव्रता

rampyari copyकाठमाडौं, ११ फागुन । रेखा थापाको बहुप्रतिक्षित भनिएको चलचित्र ‘रामप्यारी’ डान्सिङ नम्बर गीत ‘छमछमती पाउजु बजाउँदै’ सार्वजनिक गरिएको छ । ‘रामप्यारी’को प्रचारलाई तीव्रता दिन सघाउ पुगोस् भनेर रेखाले फिल्ममा रहेको उक्त गीत रिलिज गरेकी हुन् ।

यो गीतमा रेखाले यही फिल्मबाट डेब्यू गराउन लागेकी नवनायक आभास अधिकारीसँग नाचेकी छिन् । गीतमा आभासको जोडी भनेकी आष्मा पनि रहेकी छन् । गीतमा थानेश्वर गौतम र माण्डवी त्रिपाठीको स्वर रहेको छ भने संगीत थानेश्वरले दिएका हुन् ।

रामजी लामिछानेले कोरियोग्राफी गरेको गीतले मास अपिल गर्ने विश्वास रेखाको रहेको छ । रेखाको दोहोरो भूमिका रहेकोे फिल्मलाई उनले फिल्म नारीप्रधान रहेको जनाएकी छन् । सबिर श्रेष्ठको निर्देशन रहेको फिल्म २६ चैतबाट रिलिज हुनेछ ।

प्रतिक्रिया