सिंगो बझाङ कार्यालय प्रमुखविहीन

कैलाली, १३ वैशाख । दुर्गम हिमाली जिल्ला बझाङमा सरकारी कार्यालय लामो समयदेखि प्रमुखविहीन हुँदा सेवाग्राही मारमा परेका छन् ।

कार्यालय प्रमुख घर बिदा, गोष्ठी, तालिमका बहानामा बाहिरिएपछि कार्यालय प्रमुखविहीन भएका हुन् । आर्थिक वर्ष सकिन दुई महिना बाँकी भए पनि बझाङमा विकास निर्माणका लागि आएका बजेटको ४५ प्रतिशत पनि खर्च हुन सकेका छैनन् ।
जिल्ला प्रशासन कार्यालय(जिप्रका), जिविस, शिक्षा कार्यालय, वन कार्यालय, नापी शाखा, जिल्ला अदालत, कृषि विकास कार्यालय, महिला तथा बालबालिका कार्यालय, मालपोत कार्यालय, निर्वाचन कार्यालय, सिंचाइ कार्यालय, हुलाक कार्यालयलगायतका कार्यालयमा प्रमुख छैनन् । जिल्लाको प्रमुख केन्द्र मानिने जिप्रकामा एक महिनादेखि सिडिओ नहुँदा कार्यालयले तत्काल गर्नुपर्ने महत्वपूर्ण निर्णय प्रभावित हुनाका साथै जिल्लास्थित शान्तिसुरक्षा समितिको बैठक बस्न सकेको छैन । सिडिओ शिवप्रसाद नेपाल सरुवा भएर गए पनि उनका ठाउँमा कसैलाई पठाइएको छैन । कार्यालयको जिम्मा सहायक सिडिओ महेन्द्रजंगबहादुर शाहीले सम्हालेका छन् ।
एलडिओ युवराज कट्टेल जिविसले खरिद गरेको स्काभेटरको पैसा बुझाउन काठमाडौं गएका छन् भने जिल्लाको विकास निर्माणको काममा बाधा पुगेको छ । उपभोक्ता समितिमार्फत भइरहेका कामको भुक्तानी समयमा नहुँदा सेवाग्राही मारमा परेका छन् ।
जिविस प्रमुखविहीन भएपछि मध्यान्ह १२ बजेपछि सुनसान हुने गरेको छ । मंसिरमा आएका एलडिओ कट्टेल

प्रतिक्रिया