न्यायमन्त्रीले भने, पूजाको केश गम्भीर छैन

pooja_bohora copyआफूमाथि भएको साहूहिक बलात्कार घटनाको दर्दनाक कथा सुनाउँदा सुनाउँदै थाकेकी पुजा बोहरालाइ दिक्क लाग्न थालेको छ । बैतडीको दुर्गम गाउँकी उनलाइ २०६७ चैत्रमा दुईजना युवकले सामुहिक वलात्कार गरेका थिय । एसएलसी परिक्षा दिंदै गरेकी उनले दुईवर्ष विक्षिप्त भएर विताइन् । परिवारले उपचारको लागि काठमाण्डौंमा ल्याए पछि रक्षा नेपाल नामक सामाजिक संस्थाको संरक्षणमा रहेकी उनी यति बेला बाह्र कक्षामा अध्ययनरत छिन । उनीमाथी वलात्कार गर्ने अपराधिलाई पुनरावेदन अदालत कञ्चनपुरले सफाइ दिएको छ । पुनरावेदनको फैसला प्रति आक्रोसीत छिन उनी । अझैं पनि न्यायको आसमा रहेकी पुजाले पुनरावेदनको फैसला विरुद्ध सर्वोच्च अदालतका लागि अपिल गरेकी छन् । तर, उनको उक्त अफिलमा कति वेला पेशी चढ्छ र स्थगन हुन्छ उनको कानुन व्यवसायी र उनलाइ पत्तै हुदैन । न्यायको आसमा रहेकी पुजासँग सौर्य दैनिकले गरेको संवादः उनकै शब्दमा

परिक्षा केन्द्र घरदेखि टाडा भएकोले भएकोले दिदी नाता पर्नेको घरमा बसेर एसएलसी दिंदै थिय । पहिलो दिनको परिक्षा सकाएर म्याथको गेसपेपर किन्न नजीकको पसलमा गएँ । चैतको महिना मलाइ पानी तिर्खा लागेको महसुस भयो । पसलेलेलाई भने, दाइ खाने पनी छ ? उसले एक छिन है भनेर पानी दियो पानी खाने वित्तिकै उकुस मुकस भएर वान्ता होला जस्तो भयो, छटपटले पिसाव लागेजस्तोे भयो । ‘ ट्वाइलेट कता छ ? ’भनेर सोधें ।ं उ ‘म देखाइदिन्छु ’भन्दै अगाडि वड्यो । म उसको पछि पछि लागें । किताव पसले सागर भट्टले संगैको फोटो स्टुडीयो सञ्चालक अम्मर अवस्तीलाइ बोलायो । तव सम्म म अचेत भइसकेको थिंए । प्रतिकार गर्न खोजे तर, सकिन । मैले प्रतिकार गर्न थाले पछि उनीहरुले मेरो शरीरमा काटेर चिरा चिरा पारे । विस्तारै म पूर्ण रुपमा वेहोस भएछु । उनीहरुले वेहोस बनाएर मेरो अस्मिता लुटे ।

होस आउँदा म घरमा रहेछु । कसरी पुगे आफैंलाई थाहा छैन । दिदीको भनाईमा राती पुगेको रे । कसरी यस्तो भयो भनेर सोच्न थालें । म शारीरीक र मानशिक रुपमा गलेको थिंए । विस्तारै सम्झना भए पछि आफन्तलाई भने । भोली पटकको परिक्षा दिने प्रयासमा परिक्षा केन्द्र गएं । तर परिक्षा दिन सकिन । सबैको सहयोगले स्थानिय प्रहरीमा उजुरी गरे पछि अपराधी पक्राउ परे । म विछिप्त थिंए । वेला वेला वेहोस भए पछि बुबाले उपचारको लागि काठमाण्डौं ल्याउनु भयो । मानसिक र शारिरीक रुपमा म गलेको थिय । दुईवर्षको उपचार पछि केहि सहज भयो । उता बैतडी जिल्ला अदालतले अपराधिलाइ १३ ÷ १३ वर्षको जेल सजाय र पचास– पचास हजार जरीवाना फैसला ग¥यो । मैले भोगेको पिडाको अगाडि त्यो सजाए निकै कम थियो । लुटिएको मेरो अस्मिताको अघि कुनै पनि क्षतिपूर्तिले न्यायहुदैन थियो । तर, पनि उनिहरुलाई कानुनको दायरामा ल्याएकोमा केहि सन्तुष्ट थिय ।

एकदिन एकाएक कान्तिपुरमा छापिएको समाचार पढेंर म छाँगाबाट खसे जस्तै भए । ‘बलात्कारीलाइ सफाइ’ शिर्षकमा समाचार छापिएको थियो । उनीहरुले जिल्ला अदालत बैतडिको फैसला बिरुद्धमा पुनरावेदन गरेका रहेछन् । हामीले पत्तै पाएनौं । मेरो केसमा अपराधीलाइ निर्दोष घोषणा गरेर उन्मुत्ति दिँदा कञ्चनपुर पुनरावेदन अदालतमा मुख्य न्याधिस देवेन्द्र गोपाल श्रेष्ठ थिय । उनको मतदतमा रहेका न्यायधिसहरु द्धय नर वहादुर शाही र रमेश राज भण्डारीको फैसलाले ०७१ बैसाक ५ मा उनिहरु निर्दोष ठहरीएछन् । यो कस्तो न्याए हो ? म ०६८ साल देखि न्याएको भिख मागी रहेको छु । न्याय दिने बसेका मान्छेहरु यसरी राजनैतिक र आर्थिक प्रभावमा परेर अपराधिको पक्षमा फैसला गर्छन भने कस्को विश्वास गर्ने ? मसंग पनि पैसा र पहुँच भएको भए न्याय पाउँथें होला । उत्त फैसला पछि सुदुर पश्चिममा निकै चर्चा चल्यो । न्यायधिसहरुले आर्थिक प्रलोभनमा परेर जिल्ला अदालदको फैसला उल्टाइयो भनेर । मलाइमात्र होइन धेरैलाइ त्यो भनाइमा सत्यता छ भन्ने लागेको छ । नत्र एउटी चेलीको अस्मिता लुट्ने वलात्कारीलाइ किन दिइन्थ्यो उन्मुत्ति ? मेरो मनमा यहि प्रश्न दोहोरी रहन्छ । म थाकिसकेको छु आफ्ना दर्दनाक कथा सुनाउँदा सुनाउँदा । र आश्वासन सुन्दा सुन्दा ।

मैले भोगको कहाली लाग्दो पिडा धेरै सञ्चार माध्यमका हेडलाइन बने । टेलीभिजनमा मुख्य समाचारको रुपमा आयो । कठै भन्ने र मसंगै आँसु बगाउने धेरै देखे । तिमिले न्याय पाउनु पर्छ, हामी लड्छौ तिम्रो पक्षमा भन्नेहरुको संख्या कम छैन । तर, खै त मैले न्याय पाएको ? मेरो अस्मिता लुट्नेहरु स्वतन्त्र भएर हिंडेका छन् । वलत्कारीलाइ निर्दोष घोषण गर्नेहरु आज सर्वोच्च अलदलतमा न्यायधिस भएर बसेका छन् । यस्तो समाजमा न्यायको आस कसरी गर्न सकिन्छ ? मेरो अस्मिता लुट्नेहरुलाई कानुनको घेराबाट मुक्ति दिने कञ्चनपुरका तत्कालीन मुख्य न्यायधिस देवेन्द्र गोपाल श्रेष्ट अहिले वडुवा भएर सर्वोच्व अदालतमा आसिन छन् । मेरो पक्षमा वकालत गर्नेहरु भन्छन् यदि न्यायदिने निकाय सहि भएको भए उनलाई यति गरीमामय ठाउँमा किन ल्याइन्थ्यो ? त्यति ठूलो अपराध गर्नेको पछि लाग्ने न्याधिसहरुको कामलाइ किन औंला ठडाउदैन सरकार र त्यसका निकाय । मेरो अस्मिता लुट्नेको पछि लाग्नेहरुसंग कसैले न्यायको अपेक्षा गर्नै सक्दैन । कहिले काही मलाइ लाग्छ ,‘ सायद उनलाई राज्यले पुरस्कार दिएको होला वलत्कारीलाइ उन्मुत्ति दिएकोमा भन्ने ठान्छु । नत्र किन गरीन्थ्यो बडुवा ? ’

मेरो कथा तत्कालीन सरकार प्रमुखहरुले सुनेर भावुक भए । टाउको हल्लाए आँसु झारुला जस्तो गरेर भने ! छोरी चिन्ता नलिउ न्याय पाउँछेउ । तत्कालीन कानुन मन्त्री नरहरी आचार्यले त के सम्म भन्न भ्याए भने । यो पुजा माथि भएको हमला होइन, सारा नेपाली चेलीमाथि भएको हमला हो । चिन्ता नलिउ अपराधी कसै गरे पनि उम्कन पाउँदैन । पुनरावेदन कन्चनपुरको फैसला पछि मैले कानुन मन्त्री आचार्यको नाममा कान्तीपुर पत्रिका मार्फत चिठी लेखे । चिठीको प्रतिउत्तरमा उनले भने, ‘यो सरकारी मुद्धा हो तिम्ले नैे न्याय पाउँछेउ चिन्ता नलिउँ । ’त्यसको केहि दिन पछि आचार्यले टिभि अन्तरवार्तामा निर्लज्ज भएर भने ,‘ पुजाको केसमा म गम्भीर छैन ।’ यस्ता छन् यहाँका शासन गर्ने व्यक्तिहरु अनि कस्को विश्वास गर्ने ? अव त कसैको विश्वास लाग्नै छोड्यो । सबै मेरो कथा मात्र सुन्छन् सुनाउन वाहेक मेरो लागी केहि छैन । कानुन पैसा र पहुँच हुनेको मात्र हो भन्ने लागेको छ । पदमा भएका नभएका सारा दुनियाँलाई भने पुजा माथी अन्याए भएको छ भनेर । मैले काहीँ भन्न बाँकी राखिन ‘म माथी अन्याय भयो फलाना फलानाले मेरो कुमारीत्व लुट भनेर’ । मैले न्याय पाइन । अपराधीलाइ निर्दोष ठहर गरीयो । म जस्तै अस्मिता लुटिएर पनि आफ्ना पिडा लुकाउनेहरु कयौं यो समाजमा पिल्सियर बसेका छन् । सामाजिकरुपमा इज्जत जान्छ भनेर गुपचुप बस्नेहको हालत के होला ?

म फेरी एक पटक सोध्न चाहन्छु । सरकार, न्यायलय र मेरो मुद्धाको फैसला गर्दा कन्चनुर पुनरावेदन अदालतका मुख्य न्याधिस र न्याधिसहरुसंग ,‘ के कुराले प्रभावित ग¥यो तपाइहरुलाई र वलात्कारीको पक्षमा फैसला गर्नु भयो ?’ यदि तपाइहरुको कानुन अन्धो नभएको भए र लाभ हानी आसमा नपरेको भए मैले न्याय पाउथें होला । पुनरावेदनको फैसला विरुद्ध मैले सर्वोच्चमा अपिल गरे । मेरो पेशी कहिले पर्छ कहिले स्थगन गरीन्छ मलाइ पत्तै हुदैन । जव सम्म देवेन्द्र गोपाल श्रेष्ठ सर्वोच्चमा रहन्छन् तव सम्म मेरो अपिल अपिलमा मात्र सिमीत रहन्छ होला भन्ने लाग्न थालेको छ । नत्र किन उनी रहेको न्यायलय र मातहतका न्याय मुर्तिले गरको फैसला बारे रान्यको जिम्मेवार निकाय मौन रहन्छ । कहिले पाउछु मैले न्याय । मेरो अस्मीता लुटीएको छ, अपराधी ढुक्कसंग बसेको छ अपराधिको पक्षमा फैसला गर्नेहरु न्यायदिने ठाउँमा छ भने यस्तो समाज र राज्यको निकायलाई के भन्ने । मेरो वयान, त्यति वेलाको दर्दनाक अवस्था, मैले भोगेको पिडा केहिले पनि छोएन न्याय मुर्तिहरुलाइ । तर, पनि म अन्तिम समय सम्म न्यायको लागी लडी रहने छु । आफ्नो लागी र आफू जस्तै नेपाली चेलीहरुको लागी ।

प्रस्तुतीः चमिना भट्टराई

प्रतिक्रिया