फुटपाथ पसलले धानेको जीवन

footpathवैशाख १२ को भूकम्पपछि घरबारविहीन महिला व्यवसायतर्फ लाग्न थालेका छन् । सडकको पेटीमा घामपानी नभनी जीवन धान्न फलफूल पसल गर्ने महिलाको संख्या पछिल्लो समय बढ्दै गइरहेको छ । कति महिला भूकम्पपछि काठमाडौंको ठाउँमा बिहान÷बेलुका हातमुख जोड्नका लागि धौधौ परेपछि सडकपेटीमा यो व्यवसाय गर्न बाध्य छन् भने कति महिला भने फुर्सदको समयलाई व्यवस्थापन गर्न यो व्यवसायमा लागेको बताउँछन् । सम्झना राई भुजेल काठमाडौंको चावहितस्थित चुच्चेपार्टीमा फुटपाथ पसल सञ्चालन गरेकी छिन् । काठमाडौंमा २३ वर्ष पहिलेदेखि भाडामा बस्दै आएकी सम्झना र उनका श्रीमान् कुलबहादुर भुजेलले ज्याला मजदुरी गर्छन् भने उनी फुटपाथ पसल सञ्चालन गर्दै आइरहेकी छिन् । सम्झनाले घरको काम गर्दै आइरहेकी थिइन् भने उनका श्रीमान्ले भारी बोक्ने काम गर्दै आइरहेका थिए ।

तर, वैशाख १२ को भूकम्पपछि भाडामा बसेको घर भत्किएपछि सम्झनाको परिवार चुच्चेपाटीको तारा चौरमा बस्दै आइरहेका छन् । चौरको बसाई दैनिक जीवन धान्न समस्या भएका कारण उनी अहिले नजिकै फुटपाथ पसल सञ्चालन गरेकी छिन् ।

उनको पसलमा चक्लेट, चुइगम, चाउचाउ, चुरोट, खैनीलगायत सामान किन्न पाइन्छ । भूकम्प नआउँदात काठमाडौंको ठाउँमा जीवन धान्न गाह्रो भइरहेको थियो, अहिलेत झन् समस्या परेका कारण यो व्यवसायमा लागेको बताउँछिन् । पहिले यो व्यवसाय सञ्चालन गरे पनि पछि छोडेको र भूकम्पपछि फेरि सञ्चालन गरेको बताउँछिन् । धेरै लगानी पनि गर्न सक्दिनँ तीन हजार लागानी गरेको त्यो पसलबाट सम्झनालाई दैनिक आठ सय कमाई हुन्छ । मासिक उनी यही फुटपाथ पसलबाट २४ हजार कमाउँछिन् । उनी भन्छिन् भूकम्पपीडित भएर चौरमा बसिएको छ । सरकारले त के सहयोग गरेको छ र अन्य विदेशी संघ सस्था तथा विदेशी नागरिकले सहयोग त गर्दै आइरहेका छन् तर अर्काको घर कति पर्नु आफ्नो भए राम्रो हुन्छ भन्ने सोचले फेरि यो व्यवसायलाई निरन्तरता दिएको बताउँछिन् । सडकमै भए पनि यही पसलले जीवन धान्न सजिलो भइरहेको उनको भनाइ छ ।

यस्तै भोजपुरकी चन्द्रकला लिम्बू पनि भूकम्प गएको केही दिनपछि उनले पनि यो व्यवसाय गर्दै आइरहेकी छिन् । उनले चिया पनि बनाउने गर्छिन् । भूकम्पपछि पालको बसाई भएका कारण दिन काट्नै गाह्रो भयो त्यही भएर कला र उनको एक जना सार्थीका तीन हजार पाँच सय लगानीमा उनले पालमुनि नै सानो चिया पसल सञ्चालन गरेकी छिन् ।

उनको चिया पसलमा त्यही पालमा वस्ने भूकम्पपीडितहरू चिया खाने गफ गर्ने, भनौँ भने सबै जना बसेर छलफल गर्ने चौतारीजस्तै भएको छ कलाको चिया पसल, कला र उनको एक छोरा एक छोरी र उनको श्रीमान् बस्दै आइरहेका छन् चुच्चेपाटीमा ।

वैशाख १२ पछिको पालको बसाई र समयकाट् नै गाह्रो भएका कारण चिया पसल सञ्चालन गरेको उनी बताउँछिन् । पीडितका लागि पीडितातले नै साहरा दिन्छ भने जस्तै त्यही पालमा बस्ने पीडितहरूको खाएको चिया बिस्कुट, चाउचाउ चुरोटबाट उनले दैनिक पाँच सय कमाउँछिन् ।

मासिक रूपमा थियो पसलबाट उनले १५ हजार आम्दानी गर्छिन् । पसलबाट आएको पैसाले घर खर्च टार्न सजिलो भएको उनको भनाइ थियो ।

प्रतिक्रिया