दत्तात्रय र उनका चौबीस गुरु

नन्दनप्रसाद सापकोटा

 

महर्षि Nandan Prasad Sapkotaअत्रिकी पत्नीको नाम हो अनसुया । उनी पतिव्रता नारीको रूपमा सबैतिर प्रख्यात थिइन् । उनको चर्चा देवलोकसम्म हुन्थ्यो । एक दिन नारदमुनिले ब्रह्मा, विष्णु तथा शिव नभएको मौका छोपेर सावित्री, लक्ष्मी तथा पार्वतीलार्ई अनसुयाको पतिव्रताको बारेमा बताए । उनीभन्दा ठूलो पतिव्रता नारी अरू कोही छैनन् भने । नारदको यस्तो कुरा सुनेर तीनै देवीमा इष्र्या जागृत भयो । अनसुयाको पतिव्रत धर्ममा सत्यता छ कि छैन भनेर उनीहरूले परीक्षा लिने विचार गरे । परीक्षा लिनलार्ई देवीहरूले आफ्नै पतिदेवहरूलार्ई पठाउने र उनको यो धर्म भंग गराउने विचारमा पुगे । पतिदेवलार्ई तीनैजनाले हठ गरेर अनसुयाको पतिव्रत धर्म भंग गराउन बिन्ती गरे । तीनै देव यो कुरामा मञ्जुर थिएनन् तर नारी हठका कारण बाध्य भए ।

त्रिदेव साधुको रूप लिएर महर्षि अत्रिको आश्रममा पुगे । त्यस समयमा अनसुया एक्लै थिइन् । साधुको रूपमा अतिथि आएको देखेर अनसुया भिक्षा दिन अघि बढिन् । उनले भिक्षाका रूपमा भोजन गराउन आग्रह गर्दै भोजनका लागि शर्त राखे, ‘हामीलार्ई भिक्षाका रूपमा तिमीले निर्वस्त्र भएर भोजन गराऊ ।’ यस्तो वचन सुनेपछि अनसुयालार्ई यी सामान्य साधु होइनन्, यसभित्र केही रहस्य छ भन्ने शंका लाग्यो । माने आफ्नो पतिव्रत धर्म नष्ट हुने, नमाने साधुको श्राप लाग्ने तथा पापको भागिदार पनि हुने अवस्थाबाट उनी कत्ति पनि विचलित भइनन् । उनले आफ्नो दिव्यशक्तिबाट ती साधुलार्ई ६-६ महिनाको बच्चा बनाइन् र स्तनपान गराएर लामो समयसम्म पालनपोषण गरिन् । अनसुयाको कर्मबाट अत्रि ऋषि ज्यादै प्रसन्न भए ।

निकै लामो समयसम्म त्रिदेव नर्पmकेकाले तीनै देवी व्याकुल भए ध्यान दृष्टिले हेर्दा सबै कुरो पत्ता लाग्यो । उनीहरूलार्ई अब कसरी आफ्नो कुरा भन्नेमा दोधारमा परे । नारदमुनिकै सल्लाहबमोजिम अनसुयासँग माफी माग्न उनीहरू पनि अत्रि आश्रममा पुगे । देवीहरूले अनुनयविनय गरेपछि अनसुयाले त्रिदेवलार्ई पूर्ववत् रूपमा पारिदिइन् । अनसुयाको साधना, पतिव्रता धर्म र बुद्धिचातुर्यबाट प्रसन्न भएका त्रिदेव र त्रिदेवीले वर माग भनेपछि अनसुयाले भनिन्, ‘हाम्रो सन्तान छैनन् त्यसैले तपाईंहरू पुत्रको रूपमा मेरो घरमा जन्मिनुहोस् । त्रिदेवले तथास्थु भनी वरदान दिए र देवलोक फर्किए । कालान्तरमा तिनैदेव दत्तात्रयका रूपमा महर्षि अत्रि र अनसुयाका ज्येष्ठपुत्रका रूपमा विष्णु, चन्द्रमाका रूपमा ब्रह्मा र दुर्वासाका रूपमा शिवले जन्म लिए भन्ने पौराणिक कथामा वर्णित छ । यिनै महर्षि अत्रि र अनसुयाका रूपमा जन्मेका दत्तात्रयले २४ गुरुबाट ज्ञान हासिल गरेको प्रसंंग विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ ।

१.पृथ्वी : पृथ्वी जाडो, गर्मी, वर्षा तथा प्राणीद्वारा त्यागिएका मल–मुत्र तथा पदचाप जस्ता सबै चिज सहन्छिन् । कसैलार्ई केही पनि गर्दिनन् । सबैलालार्ई समान व्यवहार गर्छिन् । सधैँ आफ्नो नियम पालन गर्छिन् । उनको स्वरूप नै अर्काको हितका लागि भइरहन्छ । यिनीबाट उनले उपकार र सहनशीलताको शिक्षा ग्रहण गरे ।

२.वायु : वायु अर्थात् हावा । यसको कुनै गन्ध हुँदैन । जसको संसर्गमा मिसियो त्यस्तै भइदिन्छ । पूmलहरूको संसर्गमा सुगन्धित हुन्छ भने फोहोरको संसर्गमा दुर्गन्धित भइदिन्छ । पृथ्वीको गुण गन्धलार्ई वहन गरे पनि वायु आपूmमा शुद्ध नै हुन्छ, उसको तिनीहरूसँग कुनै सम्बन्ध हुँदैन । त्यसैले हामी कस्तो बन्ने भन्ने कुरा आफूमा निहित छ । संगत जस्ताको गरे पनि त्यसमा लिप्त हुनु हुँदैन भन्ने कुरा यसबाट उनले सिके ।

३. आकाश : यो सर्वव्यापक छ अर्थात् जताततै छ । यो नभएको कुनै ठाउँ नै छैन । त्यस्तै आत्मा पनि सर्वव्यापक छ भन्ने कुरा मनन् गरे ।

४.जल :  पानीको कुनै आकार हुँदैन । यसको तापक्रम पनि केही हुँदैन । तर, मौसम परिवर्तनले यसलार्ई पनि वाफ, वरफमा बदलिदिन्छ तैपनि सबैलार्ई शीतलता प्रदान गर्छ । शीतलताले परमात्माको आकार ग्रहण गर्न सकिन्छ ।

५. अग्नि : अग्निको धर्म हो सबैलार्ई भस्म पार्नु । जे जति यसको संसर्गमा आउँछन् सबै भस्म भएर जान्छन् । जे आउँछ सिध्याउँछ, संग्रह गरेर राख्दैन । त्यस्तै हामीले ज्ञानरूपी अग्नीबाट अज्ञानता जति सबै भस्म पारेर जानुपर्छ, कुनै कुरालार्ई पनि संग्रह गर्नुहुँदैन ।

६. चन्द्रमा :  चन्द्रमा सबैलार्ई शीतलता प्रदान गर्दछ । चन्द्रमा शुक्लपक्ष र कृष्णपक्षअनुसार घटबढ भइरहन्छ तर यो चक्रले चन्दमामा कुनै प्रभाव पर्दैन । त्यस्तै आत्मा पनि थरि–थरिका शरीर रूप धारण गर्दछ तर आत्मालार्ई केही प्रभाव पर्दैन ।

७. सूर्य : सूर्यको तापले समुद्रको नुनिलो पानीलार्ई वाफमा परिणत गरी बादल बनाइदिन्छ । यही बादल मीठो पानीको रूपमा पृथ्वीमा बर्सन्छ । सूर्यको तापबाट पीडित भए पनि त्यही तापबाट बर्सिएको पानीबाट सबै खुसी हुन्छन् अर्थात् कटुवचन सुने पनि आफूले सधैँ मीठो वचन बोल्नुपर्छ । विषयको संग्रहगरे पनि समय अनुसार दान र त्याग पनि गर्नुपर्छ ।

८. परेवा :  परेवाको युवाजोडी एकआपसमा धेरै प्रेमभाव राख्थे एकछिन् पनि अलग हुन चाँहदैनथे । जे गर्दा पनि साथ हुन्थे । परेवा परेवीसँग यति आसक्त थियो कि परेवीको सबै इच्छा पूरा गर्दथ्यो । समयान्तरसँगै तिनीहरूका सन्तान जन्मे । तिनीहरूमा आशक्ति बढ्दै गयो । आहाराको खोजमा हिँड्नुपर्ने भयो । एकदिन आहाराको खोजी गरेर आउँदा बचेरालार्ई शिकारीले जालमा पारेछ । यो देखेर परेवी मायाजालमा परी बचेरासँगै जालमा गई । सबै नै जालमा परेपछि म मात्र बाँचेर के गर्नु भनेर परेवा पनि जालमा पर्न गयो । यसप्रकार जो गृहस्थ, सुखदुःखमा आशक्त हुन्छ त्यसले कहिल्यै शान्ति पाउँदैन ।

९. अजिंगर :  अजिंगर आहाराको लागि कतै जाँदैन । आफ्नो अगाडि जे भेट्यो त्यसैमा सन्तोष मान्छ । जाहे चिसो होस् अथवा प्रचण्ड गर्मी दैवको भरमा बस्छ

१०. समुद्र  :  वर्षाकालमा नदीहरू मिसिँदा न ठूलो हुन्छ न गृष्म ऋतुमा घट्छ । उसको आकार जस्तो छ त्यस्तै रहन्छ । सबैलार्ई खुसीसाथ ग्रहण गर्दछ । कसैलार्ई घृणा तथा तिरस्कार पनि गर्दैन न कसैबाट केही आश गर्छ । ठूलो, जान्ने छु भनेर मानिसले अहंकार गर्नुहुन्न । सांसारिक पदार्थ पाउँदामा खुसी र नपाउँदामा दुःखी हुनु हुँदैन ।

११. पुतली :  पुतली रूपमा आशक्त भएर अग्निमा परी खरानीमा प्ररिणत हुन्छ । त्यसरी मानिस रूपमा आशक्त भएर भस्म हुन्छ । रूपले मानिसलार्ई अन्धो बनाउँछ । बाहिरी रूपलार्ई भन्दा भित्रीरूपलार्ई चिन्नु पर्दछ ।

१२. भ्रमरा :  हाम्रो शरीरको शक्ति कमजोर नहोस् भन्नका लागि चाहिने मात्रामा मात्र अन्न ग्रहण गर्नुपर्दछ । अन्न पनि विभिन्न घरको हुनुपर्दछ । यदि एउटै घरमा मात्र आश्रय लियो भने कमलको गन्धमा आशक्त भएर जसरी रात्रिको समयमा कमलमा थुनिएर भ्रमराले जीवन गुमाउँछ त्यस्तै हविगत हाम्रो पनि हुन सक्छ । त्यसैले सन्यासीले एकै स्वादको लोभमा पर्नु हुँदैन । बुद्धिमानले सबै शास्त्रबाट सारांश मात्र ग्रहण गर्नुपर्दछ ।

१३.  मौरी : मौरी धेरै ठाउँबाट फूलको रस लेराएर मह जम्मा पार्दछ तर त्यसलार्ई ग्रहण गर्न पाउँदैन । त्यो महसँगै उसको ज्यान पनि जान्छ । त्यसैले हामीले सञ्जय गर्न पट्टि लाग्यौ भने सञ्चित पदार्थसँगै नष्ट हुन सक्छौ । त्यसैले लिनको लागि हात र राख्नको लागि पेटलार्ई उपयोग गर्नुपर्छ ।

१४. हात्ती :  हात्ती कामाशक्तिले नक्कली हत्तिनीको मोहले चंगुलमा फस्छ । त्यस्तै मानिस पनि कामाशक्तिले बन्धनमा पर्छ । त्यसैले मानिसले कामाशक्ति त्याग गर्नुपर्छ ।

१५. मह काढ्नेवाला :  मौरीले जम्मा पारेको मह निकालेर लैजान्छ । लोभीले संग्रह गरेको धन उसकै अगाडि अरूले नै उपभोग गर्दछ । त्यसैले संग्रहितवस्तुको सदुपयोग पनि गर्नुपर्दछ भन्ने शिक्षा प्राप्त गरे ।

१६. हरिण  :  संगीतको लोभमा परेर हरिण जालमा पर्छ । त्यस्तै मनुष्यले पनि संसारिक बन्धनमा जगडिने विषयसंगीतमा ध्यान दिनु हुँदैन ।

१७. माछो : माछो लोभमा परेर आहाराले छोपिएको अंकुशमा परेर समातिन्छ । त्यस्तै परमार्थिलार्ई विभिन्न यस्ता अंकुशरुपि लोभले तानिरहन्छ । त्यस्ता विषयसुखतर्पm ध्यान दिनु हुँदैन । स्वादको लोभी जिभ्रोको वशमा परेर नासिन्छ ।

१८. वेश्या :  पिंगला नाम गरेकी एक वेश्या युवती रहुन्जेल अनेक ग्राहक उनको प्रतिक्षामा बस्थे । जब उनी वृद्ध हुँदै गइन् उनी ग्राहकको प्रतिक्षामा बस्नु प¥यो । समयपछि उनका ग्राहक आउन छाडे । त्यसपछि उनले विचार गरिन्, यसरी ग्राहकको ठाउँमा ईश्वरको चिन्तन गरेका भए मेरो कति कल्याण हुन्थ्यो होला । यसबाट उनले समयदेखि नै ईश्वरमा समर्पित हुनुपर्दछ । पछि पश्चात्ताप गरेर के काम ?

 १९. कुरर पक्षी : कुरर पक्षी एकदिन आफ्नो चुच्चोमा आहारा च्यापेर जाँदै थियो । उभन्दा बलियो पक्षीले उसलार्ई पछाडिबाट आहारा प्राप्त गर्नका लागि ठुङ्न थाल्यो । वेदनाले छट्पटिएको कुरर पक्षीको चुच्चोबाट आहारा खस्यो । आहार खसेपछि पक्षी त्यही आहारातर्फ लाग्यो उसले छुटकारा पायो । यसबाट परिग्रहले दुःख हुँदोरहेछ भन्ने ज्ञान हासिल गरे ।

२०. कुमारी केटी :  आमाबुबा नभएको बेलामा आफूलार्ई माग्न आएको पाहुनलालार्ई उनीले सत्कार गर्नुप¥यो । सत्कारको लागि केही नभएपछि घरमा भएको धान कुट्न थालिन् । हातभरि चुरा भएकाले धान कुट्दा आवाज आयो । पाहुनाले थाहा पाउलान् भनेर दुईवटा मात्र राखेर कुटन् थालिन् । फेरी पनि आवाज आयो । एक–एकओटा मात्र लाएर धान कुट्दा आवाज आएन । यसबाट उनले धेरै मानिस सँगै बसे कलह हुन्छ, दुईजना सँगै बसे कुराकानी चल्छ । ज्ञानी पुरुषले सबैभन्दा फरक रहेर एक्लै विचरण गर्नुपर्दछ ।

२१. वाण बनाउने :  आफ्नो काममा एकाग्र भएर काम गर्दा आफ्ना अगाडिबाट राजाको सवारी हुँदा पनि बाण बनाउनेले थाहा पाएन । त्यस्तै अभ्यास योगद्वारा मनलार्ई स्थिर गरी आफ्नो लक्ष परमात्मा लगाउनुपर्छ । जसबाट मुक्तिको मार्ग प्रशस्त हुन जान्छ ।

२२. सर्प :  सर्प आफैँ घर बनाउँदैन जहाँ आफूलार्ई सुरक्षित ठान्दछ त्यहीँ बस्दछ । एक्लै आफ्नो इच्छा अनुसार विचरण गर्दछ । त्यस्तै हामी पनि नाशवान शरीरको निम्ति घर बनाएर दुःखी बन्नु हुँदैन । ईश्वर प्राप्तिका लागि एक्लै विचरण गर्नु पर्दछ । कुनै कुरामा आशक्त हुनु हुँदैन ।

२३. माकुरो :  माकुरो आफ्नो मुखबाट जाल बुन्छ, त्यसैमा डुल्छ र अन्त्यमा आफैँ निल्छ । त्यस्तै परमेश्वर पनि जगतलार्ई उत्पन्न गरेर जीव बनी घुमफिर गर्ने र अन्त्यमा आफूमै लिन गराउनु हुन्छ ।

२४. कमलकोटी :  अन्य कुनै किरालार्ई ल्याएर प्वालभित्र थुनिदिन्छ । डराएको किरा कमलकोटीकै चिन्तनमा अन्त्यमा कमलकोटी नै भएर बाहिर निस्कन्छ । तसर्थ, मानिसले अन्य कुराको चिन्तन नगरी परमात्माकै चिन्तनमा लागेमा ऊसको मोक्ष निश्चित छ ।

यसरी दत्तात्रयले २४ गुरुबाट शिक्षा हासिल गरेपछि आफ्नो शरीरलार्ई शिक्षाको रूपमा ग्रहण गरेका थिए । जन्मनु र मर्नु शरीरको धर्म हो । धेरै सौताले एक्लो लोग्नेलार्ई आफूतिर तानेर जसरी शिथिल पारिदिन्छन् त्यसैगरी शरीरमा भएका इन्द्रियले अनेक वासनाको वसमा परेर यसलार्ई समाप्त पार्दछ । केवल गुरुबाट मात्र पर्याप्त मात्रामा ज्ञान उत्पन्न हुन सक्दैन, त्यसका लागि स्वयं आफूले समेत विचार गर्नु आवश्यकता छ ।

प्रतिक्रिया