काठमाडौं, १४ साउन । कास्की जिल्लाको भदौरे तमागी गाविसमा पहिरो जाँदा दुई जनाको मृत्यु भएको प्रारम्भीक जानकारी आएको छ ।
लगातारको वर्षापछि खसेको पहिरोमा परेर जुडेको फाँटमा केही घरहरू पुरिएको स्थानीयको भनाइ छ । पहिरोमा परेर थुप्रै सर्वसाधारण राइरहेका छन्।
अहिलेसम्म २ जनाको शव भेटिएको कास्की प्रहरीले जनाएको छ। बुधबार राति १२ बजेदेखि गएको पहिरोमा परी के कति क्षति भएको छ त्यसको पूर्ण विवरण आउन बाँकी छ।
प्रतिक्रिया