भक्तपुर जिल्ला मध्यपुर ठिमी स्थायी घर भए पनि बुबा ललितपुरमा व्यवसाय गर्नुहुन्थ्यो । मंगलबजारमा हाम्रो किराना पसल थियो । त्यसैले सानैदेखि थ्रीस्टारको खेल हेरेर हुर्किएँ । टोलमा अले पनि क्लबको खेलका विषयमा चर्चा गर्थै । त्यसैले थ्रीस्टारको प्रशंसक बनेँ म पनि । २०४५ सालको भूकम्प आउनुअघि रंगशालामा गएर थ्रीस्टारको खेल हेरेको सम्झना छ । तर, त्यतिबेलाको थ्रीस्टार अहिलेजस्तो देशकै ठूलो क्लब थिएन । थ्र्रीस्टारको लोकप्रियता पाटनमै सीमित थियो ।
२०५८ पछि थ्रीस्टारले राष्ट्रियस्तरमा चर्चा बटुल्न थाल्यो । २०६१ सालपछि अध्यक्ष ललितकृष्ण श्रेष्ठसँग चिनजान भयो । त्यसअघि पनि मंगलबजारमा देखभेट हुन्थ्यो । उहाँ अध्यक्ष भन्ने थाहा थियो । तर, अलि सिनियर भएका कारण बोेल्ने गरिएको थिएन ।
हामी पहिलोपटक मंगलबजारकै चिया पसलमा एकआपसमा बोल्यौँ । मैले थ्रीस्टारले लगनखेलमै आफ्नो भवन बनाउने भएपछि उहाँलार्ई भवन निर्माणका लागि सुझाव दिएँ । तर, शिलान्यास गरेर पनि उक्त भवन निर्माण हुन सकेन ।
मेरो सुझावलार्ई ललित दाइले राम्रोसँग लिनुभएको थियो । स्थानीयले पनि मेरोबारे उहाँलार्ई परिचय दिए । त्यसपछिका देखभेटमा हामी खुलेर कुरा गर्न थाल्यौँ । हामी नजिक हुने वातावरण पनि मंगलबजारका स्थानीय साथीहरूले नै मिलाइदिनुभयो । बिस्तारै मैले क्लबका गतिविधि मैदानभित्र मात्रै होइन मैदानबाहिरबाट पनि नियाल्न थालेँ । क्लब कसरी सञ्चालन हुन्छ भन्ने सम्बन्धमा जिज्ञाशा बढ्न थाल्यो । आफ्नै पैसा खर्च गरेर गभर्नर्स गोल्ड कप हेर्न सिक्किम पुगेँ । भद्रपुरसम्मको जाने र आउने टिकट आफैँ खर्च गरे पनि भद्रपुरबाट सिक्किमसम्म जाने र त्यसपछि उता खाने–बस्ने व्यवस्था ललितकृष्णले आफैँ मिलाइदिनुएको थियो । त्यही भ्रमणले मलार्ई क्लबसँग नजिक बनायो ।
खेलाडीसँग गर्भनर्स गोल्डकपमा घुलमिल भएपछि ललितकृष्णले मलार्ई बोलाएर सोध्नुभयो, ‘गुहाटी जानुहुन्छ’ भनेर । यसपटक म टिम म्यानेजरका पमा गुहाटी गएँ । मेरो जिम्मेवारी अफिसियलको थियो । आहा गोल्डकपमा मैले पहिलोपटक क्लबको टिम म्यानेजरको जिम्मेवारी सम्हालँे । त्यतिबेलासम्म म थ्रीस्टारमा बोर्ड सदस्य भइसकेको थिएँ । मेघराज केसीको प्रशिक्षणमा गएको हाम्रो टोली उपाधि जित्न सफल भयो । त्यसपछि ब्रिटिस गोर्खा कपमा दोस्रो, भीमनारायण गोल्डकपमा पहिलो, बुढासुब्बा गोल्डकपमा पहिलो र लिग फुटबलमा थ्रीस्टार चौथो हँुदा म टोलीको टिम म्यानेजर थिएँ । मेघराज केसीको प्रशिक्षणमा हाम्रो टोलीले निकै उत्कृष्ट फुटबल खेलिरहेको थियो । तर, एनसेल कप फुटबलमा आपसी तालमेलको कमी हुँदा हामी पहिलो चरणबाटै बाहिरियौँ । मध्यपुरसँग १–१ गोलको बराबरी खेलेको हाम्रो टोली फ्रेन्ड्ससँग पराजित भएको थियो । अन्तिम खेल एपीएफसँग बाँकी थियो । तर, दोस्रो चरण पुग्ने सम्भावना सकिएका कारण हाम्रो टोलीले गुमाउन बाँकी केही थिएन ।
त्यसैबेला प्रशिक्षक मेघराज केसीले राजीनामा गदिनुभयो । नयाँ प्रशिक्षकका रूपमा हामीसँग केही विकल्प थिएन । समस्याका बीच ललितकृष्ण श्रेष्ठले प्रदीप हुमागाईंलार्ई प्रशिक्षणको जिम्मा दिँदा कस्तो हुन्छ भनेर प्रश्न राख्नुभयो, मैले ठीकै होला भनेर उत्तर दिएँ । प्रदीपसँग त्यसअघि ठूला क्लब हेरेको अनुभव थिएन । मेघराजलार्ई खेलको रणनीति तयार पार्न सहयोग गर्ने उद्देश्यसहित उनी क्लबमा छिरेका थिए । उनैले एपीएफविरुद्धको तेस्रो खेलमा प्रशिक्षकको भूमिका निभाए, खेल बराबरीमै सकियो । समस्यामा रहेको हाम्रो टिमले उनकै प्रशिक्षणमा काँकडभिट्टामा ७ दिन तयारी गरेपछि खेल्दा सिक्किममा सम्पन्न गर्भनर्स गोल्डकपमा दोस्रो भयो । लिगअघि टोलीमा स्टार खेलाडी थिए तर व्यवस्थापन गर्न निकै गाह्रो । मलार्ई त्यतिबेला ललितदाइले टिम व्यवस्थापनका विषयमा धेरै सुझाव दिनुहुन्थ्यो । उहाँ आफैँले राष्ट्रिय टिमको व्यवस्थापन गरिसक्नुभएको थियो । त्यसैले बेला मौकामा भन्नुहुन्थ्यो, ‘राम बोस, अलि कडा स्वभावको मान्छे । खेलाडीसँग सकभर रिसाउन हुन्न, राम्रो व्यवहार गर्नुपर्छ । हार्दा पनि हरेस नखाने र जित्दा पनि नमात्तिने स्वभाव हुनुपर्छ एउटा असल व्यवस्थापकको ।’ मलार्ई सफल टिम म्यानेजर बनाउनुमा उहाँको विशेष भूमिका छ । अहिले आफ्नो क्लबका खेलाडी मात्रै होइन राष्ट्रिय टिम र अन्य क्लबका खेलाडीसँग समेत मेरो राम्रो सम्बन्ध छ । तर, मलार्ई यसरी आफ्नो काममा हौस्याउने ललितकृष्ण श्रेष्ठ भने हामीमाझ हुनुहुन्न ।
लिगको सुरुआत हामीले निकै स्तब्धकारी ढंगबाट गर्नुप¥यो । पहिलो खेलमै सरस्वतीसँग पराजित भएपछि थ्रीस्टारलार्ई सबैले कमजोर माने । त्यतिबेला उहाँ निकै गम्भीर देखिनुहुन्थ्यो । त्यसपछि पनि प्रत्येक खेल प्लेयर बक्सनजिकै बसेर हेर्ने । तर, खेलाडीलार्ई गाली भने कहिल्यै गर्नुभएन । खेलाडी मात्रै होइन अरू कसैलार्ई पनि उहाँले गाली गरेको देख्नु र सुन्नुपरेन । जित्दा सबैलार्ई बधाइ दिने उहाँको बानी थियो । हार्दा आफूसहित आफ्नो टिमको कमी कमजोरी के छ भनेर ब्रिफिङ गर्न बोलाउनुहुन्थ्यो । मसँग थुप्रैपटक छलफल हुन्थ्यो । अन्नतः सुरुवाती खेल हारेको हाम्रो टोलीले त्यस समय लिग उपाधि मात्रै जितेन, आहा गोल्डकपको उपाधिसमेत जित्यो ।
सुपर लिगमा हाम्रो टोली केही कमजोर देखियो । तर, प्रारम्भिक लिगमै अन्य टोलीभन्दा धेरै अंकले अघि रहेका कारण सुपर लिगमा केही हार व्यहोरे पनि हाम्रो टोलीलार्ई उपाधि जित्नबाट कसैले रोक्न सकेन । हामीले दशरथ रंगशालामा नेपाल भ्रमणमा आएको भारतीय आई–लिग क्लब मोहन बगानलार्ई समेत हरायौँ । यसै टोलीले एएफसी प्रेसिडेन्ट कपको सुरुवाती चरणमा निकै उत्कृष्ट खेल्यो र समूह विजेताका रूपमा दोस्रो चरणमा समेत स्थान बनायो । दोस्रो चरणमा हाम्रो टोली केवल १ अंक मात्रै बटुल्न सफल थियो । जसका कारण टोली प्रतियोगिताबाट बाहिरियो । त्यसपछि फर्किएर बसेको बैठकमा उहाँले उल्टै टोलीको प्रशंशा गर्दै भन्नुभयो, ‘हामीभन्दा विपक्षी बलिया भए । तर समग्रमा हाम्रो खेल राम्रो हो ।’
उहाँको बानी खेलाडीलार्ई सधैँ हौसला दिने । क्लबलार्ई अघि बढाउन हर समय दिन सक्ने । उहाँले कार चढेको मैले देखिँन । तर, क्लबलार्ई ठूला उपलब्धि दिलाउनुभयो । एन्फाको कार्यवाहक अध्यक्ष बनिसक्दा पनि उहाँ मोटरसाइकलमै हिँड्नुहुन्थ्यो । सामान्य जीवनशैली जीउन चाहने र आफू आबद्ध संस्थाका लागि सधैँ मरिमेट्ने उहाँको बानी थियो । उहाँले कहिल्यै आज भ्याइन्न र थकाइ लागेको छ भनेको थाहा भएन । हामी एकपटक क्लबमा नयाँ खेलाडी भित्र्याउँदा राति १ बजेसम्म होटलमा बसेर दर्ता प्रक्रिया मिलाउँदै थियौँ, कतिपय साथीले ढिला भइसक्यो भोलि काम गर्दा पनि हुन्छ भनेका थिए तर उहाँले त्यही दिन सक्नुभयो ।
‘कहिलेकाहीँ उहाँलार्ई निराश देख्थेँ । तर, पारिवारिक समस्यालार्ई ल्याएर उहाँले कहिल्यै पोख्नुभएन । मसँग उहाँले नयाँ घर बनाउनुअघि भैँसेपाटीको जग्गा देखाउँदै किनौँ कि के गरौँ भनेर सोध्नुभएको थियो । मैले जग्गा राम्रो छ किन्दा हुन्छ भनेर सुझाव दिएको थिएँ । पछि त्यहीँ घर बनाउनुभयो । दैवको लीला पनि अजीवको छ । जेठ २९ गते एक्कासी राति ११ बजे मलार्ई फोन आयो । उहाँको निधनको खबर थियो । विश्वास गर्नै सकिनँ । सधैँ भेटिरहने मान्छे करेन्ट लागेर छुट्यो भन्दा विश्वास गर्न गाह्रो परेको थियो । भारी मन बोकेर त्यसको १० मिनेटभित्रै बिएनबी अस्पताल पुगेँ । त्यहाँ उहाँको शव मात्रै थियो, सास बाँकी थिएन ।
करेन्ट लागेर उहाँको निधन भएको त्यो घटना अझै विश्वास गर्न कठीन छ । भोलिपल्ट संविधानसभाका सभाध्यक्ष, एमाले अध्यक्ष, कांगे्रस नेता, सभासद्, राखेपका पूर्व सदस्यसचिव, एन्फाका वर्तमान तथा पूर्वअध्यक्ष एवं थुप्रै खेलाडी, प्रशिक्षक, क्लब प्रतिनिधि तथा शुभचिन्तकहरू उहाँलार्ई श्रद्धान्जली अपर्ण गर्न आउनुभएको थियो । सायद उहाँले नेपाली फुटबलका लागि कम उमेरमै धेरै योगदान गर्नुभयो । उहाँजस्तो सक्रिय र इमानदार व्यक्ति अझै धेरै समय बाँचेको भए नेपाली फुटबलले अझै धेरै उपलब्धि आत्मसात् गर्ने थियो ।
थ्रीस्टार क्लब मात्रै नभएर समग्र नेपाली फुटबलको विकासका लागि उहाँले सदस्य हुदाँदेखि एन्फाको कार्यवाहक अध्यक्ष हुदाँसम्म गरेका योगदान सायदैले बिर्सिएलान् । एन्फाको भवन, एकेडेमीलगायतका निर्माण तथा भौतिक पूर्वाधारको निर्माणमा उहाँले देखाएको सक्रियता कसरी सजिलै भुल्न सकिएला र ? नेपाली फुटबलको व्यवस्थापनमा उहाँको भूमिकाको कदर इतिहासले गरिरहनेछ । एन्फाले सायद उहाँको योगदान हेरेरै होला, छोराछोरीका लागि पढाइ खर्चस्वरूप ५० हजार छुट्याएको छ । यस्तो सहयोगले फुटबलमा लाग्ने अरूका लागि पनि ऊर्जा मिलेको छ । फुटबलमा लाग्दा निधनपछि पनि घरपरिवारको सुरक्षा हुनसक्छ भन्ने ग्यारेन्टी दिन यस्तो सहयोग एन्फाले सम्बन्धितलार्ई गर्नु जरुरी छ । थ्रीस्टारका सम्बन्धमा कुरा गर्नुपर्दा केवल एउटा जिल्लामा सीमित क्लबको लोकप्रियतालार्ई समग्र देश र विदेशसम्म फैलाउनु चानचुने कुरा होइन । कुनै समय थ्रीस्टार पाटनको क्लब थियो । तर, अहिले सम्पूर्ण नेपालीको क्लब बनेको छ । भारतको गुहाटी, सिक्किम, दार्जिलिङ र बंगलादेशका विभिन्न स्थान हुँदै भुटान र बाँकी विश्वमा बस्ने नेपालीमाझ पनि थ्रीस्टार लोकप्रिय क्लब बन्यो, ललितदाइकै नेतृत्वमा । भविष्यमा कसरी थ्रीस्टारको लोकप्रियता जोगाउने भन्ने चुनौती अहिले हामीसामु छ । राष्ट्रिय लिगमा प्रतिस्पर्धा गरिरहेका छौँ । लिगमा उत्कृष्ट नतिजा ल्याउन पर्याप्त तयारी आवश्यक छ । ४५ दिन भइसकेछ ललितदाइको निधन भएको पनि । अझै उहाँ जीवित हुनुहन्छ जस्तो लाग्छ ।
मैले यी ४५ दिनमा उहाँसँगको संगतलार्ई कहिल्यै बिर्सन सकिनँ र लाग्छ जीवनभर उहाँलार्ई बिर्सन सकिनेछैन । ललितदाइको निधनपछि अब क्लबका कार्यवाहक अध्यक्ष अरूणमान जोशीसहित हामी सम्पूर्ण क्लब पदाधिकारीले थ्रीस्टारको क्रेज कायमै राख्न थप मिहिनेत गर्नुपर्ने हुन्छ । एउटा खेलाडी वा प्रशिक्षकले क्लब छाड्दा त टिममा समस्या देखिन्छ भने हामीले त अध्यक्ष गुमाएका छौँ, त्यो पनि कहिल्यै नफर्कने गरी, अलबिदा ललित दाइ ।
०००
(लेखक थ्रीस्टार क्लब, पाटनका वरिष्ठ सदस्य हुन् ।)
प्रतिक्रिया