कान्ति बाल अस्पतालमा २४ दिन बसेर भर्खर निस्केको छ, निखिल । काठमाडौंमा बस्ने ठाउ छैन । गाउकै आफन्तको कोठामा शरणार्थीजस्तै भएर बसेको छ, चौधरी परिवार । क्यान्सरको उपचार गर्न हरेक महिना पन्ध्र दिन अस्पताल बस्नुपर्छ भनेको छ, डाक्टरले । तर, कसरी गर्ने थप उपचार भन्ने समस्या उनीहरूस“ग छ । आखा“अगाडि सानो बालक र उसको शरीरको रोगले न भोक न निन्द्रा भएको छ, चौधरी परिवारलाई । ‘छोराको उपचारमा उहाले जस्तै सहयोग गर्ने मान्छे पाए निखिललार्ई बचाउन सक्थे कि ?’ सगै रहेका सहयोगी रिम्पललाई देखाउदै कृष्ण भन्छन् ।
निखिल चौधरी अहिले केवल ६ वर्षका भए । उनी काखका एकमात्र सन्तान हुन् । ‘सानो परिवार सुखी परिवार’ भन्नलार्ई त यो पर्याप्त छ तर त्यही एउटा सन्तानलार्ई क्यान्सरजस्तो घातक रोग लाग्यो भने के अवस्था हुन्छ त्यो परिवारमा ? अझ आर्थिक रूपमा घरमा बिहान बेलुकाको छाक टार्नै धौ–धौ भइरहेको स्थिति छ भने कुन आमाबुबाको मन रुँदैन होला ?
बारा जिल्ला इनहर्वामाल घर भएका कृष्ण चौधरीको ६ वर्षीय छोरा निखिल यतिबेला क्यानसरसँग जुध्दैछन् । भर्खर स्कुल जान थालेका निखिल यतिबेला बाबुआमाको हात समातेर अस्पताल धाउन बाध्य छन् । निखिलको बालमस्तिष्कमा आफूलाई लागेको कडा रोग र बाबुको कमजोर आर्थिक अवस्था छिर्न सम्भव छैन । छोराको अनुहार हेरेर सुक्सुक रोइरहने आमा टोलाउनुबाहेक के नै गर्न सक्छिन् र ?
पाँच महिनाअगाडि ज्वारोले सताएपछि बाबु कृष्णले छोरा निखिललाई वीरगञ्जको आसाराम किल्निकमा देखाए । त्यहाँको लामो उपचारपछि डाक्टरको सल्लाहमा एक महिना अगाडिदेखि उनको जाँच कान्ति बाल अस्पताल काठमाडौंमा हँदै छ । डाक्टरले छोरालाई क्यान्सर भएको सुनाउँदा चौधरी दम्पती छाँगाबाट खसे जस्तै भए । हुन पनि किन नहुनु ? निखिल जन्मँदा चौधरी परिवारमा खुसीको सीमा थिएन । आज एकाएक त्यो खुसी हराएर गएको छ, परिवारमा । कृष्ण भन्छन्, ‘निखिल हाम्रो एक मात्र सन्तान हो । दुःखसुख गरेर छोरालाई पढाउने र ठूला मान्छे बनाउने सपना थियो, हामीसँग । तर, छोरालाई क्यान्सर जस्तो जोखिमपूर्ण रोग लागेको सुन्दा हाम्रो अगाडि सारा पृथ्वी खसे जस्तै भयो । कसरी यसलाई बचाउने, केही सोच्न सकेको छैन ।’
छोरालाई लागेको रोग र घरको आर्थिक अवस्था उनको अगाडि पहाड जस्तै भएको छ । हरेक आमाबुबालाई सन्तान जन्मेपछि उसलाई राम्रो शिक्षा, संस्कार दिएर कुशलतापूर्वक हुर्काउने इच्छा हुन्छ । चौधरी परिवारले पनि निखिलको भविष्यलाई लिएर यस्तै सोचेको थियो । सामान्य औषधि पसलमा काम गरेर जीविका चलाउने चौधरीसँग सम्पत्तिको नाममा गाउँमा पाँच कठ्ठा खेतबाहेक केही छैन । त्यही पाँच कठ्ठा पनि पाँच भाइको संयुक्त परिवारको सम्पत्ति हो । गाउँमा साहुसँग ऋण गरेर ल्याएको चालीस हजार र साथीभाइसँग लिएको सापटी गरी सत्तरी हजार रुपैयाँ खर्च गरे चौधरीले छोराको उपचारमा ।
सत्तरी हजार रुपैयाँले रोग पत्ता लाग्नुबाहेक केही सफलता मिलेको छैन । यतिबेला न पैसा हातमा छ न छोराको रोग निको भयो । छोरालाई कसरी ठीक पार्न सकिएला भनेर चिन्ता लिनुबाहेक केही सामथ्र्य छैन चौधरी परिवारमा । मलिन अनुहारले बेला–बेला छोराको अनुहार हेर्छन् र श्रीमतीलाई ढाडस दिने कोसिस गर्छन्, कृष्ण चौधरी । छोराको अवस्थाले मन त कृष्णको पनि रुन्छ तर उनी श्रीमतीले जस्तै आँसु झार्न सक्दैनन् । आफँैभित्र कोपिएर बस्छन् ।
केही दिनअगाडि चौधरी परिवाले कान्ति बाल अस्पतालमा एक समाजसेवी भेटे । नेपालमा भूकम्प आएसँगै क्रियाशील संस्था ‘खाल्सा एड’ मा आबद्ध भारतीय मूलका रिम्पल सिंहलार्ई । अस्पतालमा रहेका बालबालिकाको अवस्था हेर्न गएका सिंह र चौधरी परिवारको भेटमा चौधरीका लागि आफन्तजस्तै भए, सिंह । अनायासै रिम्पललार्ई चौधरीको बारेमा जान्न मन लागेर सोधे, ‘घर काहाँ हो ? के रोग लागेर छोरालार्ई अस्पताल ल्याउनुभएको ?’
रसाएका आँखा मिच्दै भक्कानिएर बाबु कृष्णले भने, ‘यो मेरो छोरालाई क्यान्सर भएको छ । तर, मसँग यसको उपचार गर्ने पैसा छैन ।’
छेउमा रहेकी श्रीमती घुक्क–घुक्क रुन थालिन् । रिम्पलका पनि आँखा थामिएनन् । चौधरी परिवारसँगै केहीबेर रोए । रिम्पललार्ई बच्चासँग फोटो खिच्न मन लाग्यो, खिचे । घरमा पुगेपछि आँखा वरपर निखिल र रुँदै गरेको चौधरी परिवारबाहेक केही देखेनन् उनले । विदेशमा रहेका साथीभाइलाई निखिलको फोटो पोस्ट गर्दै उसको अवस्था भने । राति एघार बजे गरेको उनको प्रयासले पन्ध मिनेटमा एक लाख रुपैयाँ सहयोग जम्मा भयो, निखिलको उपचारका लागि । त्यति सहयोग जुटाएपछि उनको मनमा केही शान्ति भयो, ‘एउटा अबोध बालकका लागि केही गर्न सकँे’ भनेर ।
निरन्तर चौधरी परिवारको सम्पर्कमा रहेका रिम्पलले बिहीबार आफूले संकलन गरेको एक लाख रुपैयाँ हस्तान्तरण गरे, चौधरी परिवारलाई । रकम हस्तान्तरण गर्दै उनले भने, ‘यो सानो सहयोग हो । जतिबेला मैले अस्पतालमा निखिललाई देखेँ र उसको बारेमा बुझेँ, रुन मन लाग्यो । केही समय उनको परिवारसँगै रोएँ । केही गर्न सके मनले शान्ति पाउँथ्यो भन्ने लागेर प्रयास गरेँ । यो केही होइन, सक्नेले केही गर्ने हो भने निखिलको उपचार हुन सक्ला भन्ने लागेको छ ।’ रिम्पलले आउने दिनमा पनि सम्भव भए अरू सहयोगका लागि प्रयास गर्ने बताए । कहीँ कतैबाट सहयोग नपाएको चौधरी परिवारका लागि केही राहत भयो उक्त एक लाख रुपैयाँ ।
झट्ट हेर्दा निखिलको स्वास्थ्य अवस्था ठीक भएजस्तै देखिन्छ । अहिले नै दौडेर पुरस्कार जित्ला जस्तो । तर, भित्र भने दिनदिनै छोराको बिग्रँदो स्वास्थ्य अवस्था र हातमा पैसा नभएको सम्झँदा चौधरी परिवार चिन्तामा छ । अहिलेसम्मको उपचारमा ऋण गरेको पैसा सकिएको र थप पैसा जोहो गर्न नसक्ने अवस्थामा थोरै भए पनि रकम पाएपछि निखिलका बुबा कृष्णले भने, ‘छोराको अनुहार देखेर रुन मन लाग्छ, मसँग यसको उपचार गर्ने पैसा छैन । रिम्पलजीले यति गर्नुभयो । यो पनि मेरा लागि धेरै हो । योबाहेक कतैबाट सहयोग पाएको छैन । म सामान्य व्यक्ति भएकाले कसैलार्ई चिन्दिनँ । कहाँ गएर दुःख बिसाउने ? कसलाई भन्ने ? केही थाहाँ छैन,’ आशामिश्रित भावमा गुनासो पोखे कृष्णले ।
कान्ति बाल अस्पतालमा २४ दिन बसेर भर्खर निस्केको छ निखिल । काठमाडांैमा बस्ने ठाउँ छैन । गाउँकै आफन्तको कोठामा शरणार्थी जस्तै भएर बसेका छन् । क्यान्सरको उपचार गर्न हरेक महिना पन्ध दिन अस्पताल बस्नुपर्छ भनेको छ, डाक्टरले । तर, कसरी गर्ने थप उपचार भन्ने समस्या उनीहरूसँग छ । आँखाअगाडि सानो बालक र उसको शरीरको रोगले न भोक न निन्द्रा भएको छ, चौधरी परिवारलाई । ‘छोराको उपचारमा उहाँले जस्तै सहयोग गर्ने मान्छे पाए निखिललार्ई बचाउन सक्थेँ कि ?’ सँगै रहेका सहयोगी रिम्पललाई देखाउँदैन कृष्ण भन्छन् ।
सहयोगी हातहरू भेटिए निखिलको जीवन बाँच्न सक्ने आश चौधरी परिवारमा छ । कृष्ण भन्छन्, ‘डाक्टरले भनेको छ, यस्तो क्यान्सरलाई राम्रो उपचार गर्न सके पचास प्रतिशत ठीक हुने सम्भावना हुन्छ ।’ डाक्टरको भनाइ अनुसार निखिलको उपचार पूर्ण रूपमा असम्भव छैन ।
राम्रोसँग जीवन बुझ्न नपाउँदै शरीरमा यति ठूलो रोग बोकेका निखिल यो रोग र यसको प्रकृति केही बुभ्mदैनन् । नौलो मान्छेले बोलाए मुसुक्क हाँस्छन् । योभन्दा उनी केही गर्न सक्दैनन् । छोराको उपचारबारे कृष्ण भन्छन्, ‘म अब यहाँभन्दा धेरै खर्च गर्न सक्ने अवस्थामा छैन । ऋण गरे पनि तिनुपर्छ । मसँग जग्गाजमिन बेचेर उपचार गर्न जग्गा छैन । केले तिर्ने ऋण ? पत्याउनेले पनि आर्थिक अवस्था हेरेर पत्याउने हो । मलाई ऋण पत्याउने अवस्था पनि छैन । यो कलिलो उमेरको छोरा मरेको हेर्न सक्दिनँ । भगवान्सँग प्रार्थना गरेको छु, ‘कतैबाट सहयोग जुटोस् र निखिल सधैँका लागि हामीसँगै होस्’ भनेर ।
चमिना भट्टराई
प्रतिक्रिया