भूकम्पको खास कुनै लेखाजोखा नभए पनि नेपालको सन्दर्भमा राष्ट्रिय इतिहासका पन्नाहरूमा वि.सं. १९९० र २०४५ सालका शक्तिशाली भूकम्पको पीडा व्यहोरेका नेपालीले अर्कोपटक फेरि २०७२ सालमा त्यस्तै महाविनाशकारी भूकम्पको पीडा खेप्नुप¥यो ।
ठूला भूकम्प व्यहोरेका केही बुढापाकाबाहेक अहिलेको महाभूकम्प व्यहोर्ने नेपालीलार्ई लगातारका भूकम्पका झड्काहरूले व्याकुल पारेको छ । भूकम्प एकपटक आउँछ र अर्कोपटक फर्कन्छ भन्ने मात्र थाहा पाएका नेपालीहरूमा आप्mनो घर त रहेन रहेन, आफू बसेको धर्ती नै रहन्छ कि रहन्न भन्ने चिन्ताले सताउन थालेको छ । रामेछाप, गोरखालगायतका जिल्लाका केही गाउँमा त जमिन फाटेर बस्ती नै विस्थापन गर्नुपर्ने अवस्थामा पुग्यो भने सिँगटी, लाङटाङ, रसुवा, दोलखा र सिन्धुपाल्चोकका केही गाउँ नै पुरिएको अवस्थामा छ ।
यो महाभूकम्पले जनजीवनमा ठूलो त्रास फैलाइदियो । राहतका लागि सामाजिक सञ्जालमा कतै गालिगलौजका दृश्य, कतै पीडाका समाचार र दृृश्यहरू देख्न पाइन्छ । यो महाभूकम्पपछि नेपाली संस्कारले नै छलाङ मार्ने छाँटलार्ई कालो दम्भले ढाकेको छ । आफ्नो डम्पूm बजाउने खालका ताण्डवहरूको स्वर पनि मधुरो भएको छ भने सामाजिक सञ्जालले त्यस्ता घोर्मुखालार्ई लोप्पा ख्वाएको सन्देश पनि क्लिक गर्न पाइन्छ । यो विपत्तिले नेपालीलार्ई त रुवायो नै, तर सोचाइमा सकारात्मकता र युवा पिँढीमा देश, राष्ट्रियता र देश विकासको भाव भन्ने जागेको स्पष्ट देख्न र सुन्न पाइन्छ । जे होस्, आशका पोकाहरू अनगिन्ती भेटिँदै छन् ।
आलो घाउमा मल्हमपट्टी लगाउन तम्सिनेहरूले अवसर माग्छन् । यस्तो समयमा आफैँ जानेर गर्नेहरूले अवसर र चुनौतीलार्ई ख्याल गर्दैनन् भन्ने हो । पीडाको मल्हमको नामका वास्तविक अवसरवादीहरू पनि यिनै हुन् भन्ने बुझिन्छ । सबैको मनमस्तिष्कमा अस्थिरता छायो । पहाडमा बस्ने मानिसले सहरमा आफ्ना आफन्तको अवस्था बुझ्न हर प्रयास गरे पनि त्यतिबेला सम्भव देखिएन । यातायातको साधन अवरुद्ध भयो । सबैको मनमा कहाली लाग्यो । यो कहालीलाग्दो अवस्थाबाट देशका उच्च, निम्न र मध्यम जो कोही पनि सताइए । नेता, कर्मचारी, अभिनेता, पेशाविद्, कानुनविद् र वकिल सबै सडकमा झरे स्वाभाविकै हो, सबैले अहिले आफू अनि आफ्नालार्ई खोज्छन् । अनि मात्र अरूलार्ई हेर्छन् । योे स्थापित मान्यता पनि रहेछ । पहिले आफूको सिद्धान्त यस्तो प्रकोपमा आफू सुरक्षित भएर मात्र अगाडि बढ्नुपर्ने रहेछ भन्ने पाठ सिकाएको छ ।
यो महाभूकम्पपछि सबैमा सबै खालका रोदन देखा परे । कोही बाहिरी रूपमै रोए, कोही भित्री रूपमा रोइरहेका छन् । जेहोस्, यो विपत्तिले एक किसिमको सकारात्मक पाठ दिएको छ । एकैचोटी ठूलो आवश्यकताको सिर्जना भएको र नेपाली समाजमा शंका अति शंकाले जरो गाडिएकाले होला एकखालको आक्रोश पनि देखियो । लाग्छ, कुनै आक्रोश प्यारो बन्न थियो, कुनै अति पीडाको परिणाम थियो त कुनै अति विपत्को संवेग थियो । यो आक्रोशले सेवकलार्ई पनि पोल्यो । यो भूकम्पपछि परिवार भन्ने संस्था नै ठूलो विपत्तिमा प¥यो । कहीँ एउटै गाउँ एउटै पालमुनि बस्न बाध्य भए । एक टोल एक परिवार बन्यो । सबैले आपसमा दुःख साटासाट गरे । एकले अर्कोलार्ई सम्झाए । लोकको गति हेरेर चित्त बुझाए ।
नेपालमा यो महाभूकम्पले जनमानसमा डरलाग्दो रोदन सिर्जना ग¥यो । कसैले आफू मरेर परिवारको सदस्य बचाए । कुनै परिवार नै बेपत्ता भए । कुनै परिवारमा केटाकेटी मात्रै बचे । अभिभावक गुम्यो । भूकम्पको धक्काले कतिको हृदयाघात भएर मृत्यु भयो । पैसा कमाएर परिवारलार्ई सुख दिउँला भनेर विदेश जानेले यहाँ परिवारका सबै सदस्यले मृत्युवरण गरेको समाचार सुन्नुप¥यो । भन्नेबित्तिकै घर आउन पनि पाएनन् । तड्पेर अर्कैको मुलुकमा बसिरहनु प¥यो । परिवारका सदस्य गुमेकाले परिवारका अन्य व्यक्ति र काजकिरियामा सामेल हुनुप¥यो । खुला आकाशमुनि संस्कारको पालना गर्नुप¥यो । सुरक्षाको स्थिति त्यति नै कमजोर भयो । चोरी डकैती बढे । भुइँचालो आइरहनु एकातिर छ भने अर्कोतिर ठूलो भुइँचालो आउँछ भनेर घर परिवारलार्ई त्रास फैलाउने र आफू घरमा भएको सम्पत्ति लुट्ने त्रास सिर्जना भयो ।
समाजमा दुई किसिमको डरको स्थिति सिर्जना भयो– आफू मरिएला भन्ने पिर र आफन्त मरेको पिर । यी यस्तै पिरैपिर र डरैडरमा अहिलेसम्म भूकम्पपीडित नेपालीले जीवन गुजारिरहेका छन् ।
हाम्रो नेतृत्वले हामीमाझ भने नभने पनि उनीहरू पनि यो विपत्तिबाट राम्रैसँग पिल्सिएको अनुमान लगाउन सकिन्छ । उनीहरू पनि मानव नै भएकाले पहिले त आफूमाथि आएको खतराको पिर होला । परिवार वा परिवारका सदस्य वा आफन्त गुमेका मानिसको पिरले उनीहरू पनि पिल्सिएकै होलान् । त्यही माझमा एकाध अवसरवादी पनि होलान् । ती अवसरवादीहरू आफ्नो नीच काम सम्झेर पनि अत्तालिए होलान् । देश, समाजको चिन्ता गर्ने नेताहरू उनीहरूको समाजको पिरबाट पनि बिर्सिए होलान् । अब के भन्ने, के गर्ने, कसरी गर्ने र नेतृत्व प्रतिस्पर्धामा कसरी टिकिरहने भन्ने भावनाले पनि हाम्रो समाजका नेतृत्वलार्ई सतायो ।
अहिलेको भयावह वातावरणलार्ई बुझेर कसैको निर्देशन उपर नै पीडालार्ई बुभ्mनेहरूमा देशका कर्मचारी, सुरक्षाकर्मी, चिकित्सक उद्धार र उपचारमा लागिपरेका छन् । आफ्नो जिउज्यान अप्ठ््यारोमा परे पनि पीडामा परेकालार्ई मल्हम लगाइरहेका छन् । हाम्रा सुरक्षाकर्मी, चिकित्सक र पेसाकर्मी सहयोगमा जुटिरहेका छन् । कोही आफ्नोे गाउँमा अरू बस्न आउला भनेर बाटामा खुट्टा तेस्र्याएर बस्न आँटेका पनि छन् । कोही आफू काम गरेको कर्मभूमि ध्वस्त भएको सुनेर त्यही पीडामा परेकालार्ई घाउमा मल्हमपट्टी लगाउँदै छन् ।
महोत्तरीका ठाकुर चरिकोटको दुःख सम्झेर सघाउन गए । पहाडकालार्ई केही समय आफूलार्ई तराईका गाउँ लगेर राख्ने विचार गरे । उनी नेता नभई कपाल काट्ने एकजना सामान्य मान्छे हुन् । त्यहीँको अर्को विद्वान् चाहिँ दोबाटामा खुट्टा तेस्र्याउलाझैँ गरेका वाणीहरू सामाजिक सञ्जालमा पढ्न पाइन्छ । रोदनमा सहयोग गर्ने मानवीय मन साँच्चै मानवको मन होला । यसमा नोट देख्ने व्यापारी, भोट र क्षेत्र देख्न नेता जो कोही पनि संवेदनहीन मानसिकताबाहेक अरू के होला ? आला घाउहरू नदेख्नेहरूलार्ई आफ्नै रगतले पिरोलिरहनेछ भने तिनीहरू नै देशका अवसरवादी हुन् भन्ने प्रमाणित गर्ने आधारहरू यिनै हुन् ।
प्रतिक्रिया