काठमाडौं, १४ असार । एमाओवादी नेतृत्वको मोर्चाले नयाँ संविधानको मस्यौदा सोह्र बुँदे भावना विपरित आए आफूहरू नमान्ने जनाएका छन् ।
सिंहदरबारमा आज बसेको मोर्चाको बैठकले १६ बुँदेअनुसार नै संविधानको मस्यौदा आउनुपर्ने बताए ।
‘प्रमुख चार दलबीच भएको सहमति अनुसार नयाँ संविधानको मस्यौदा आउनुपर्छ’, मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले भने, ‘सहमति विपरित मस्यौदा आए मान्दैनौं ।’
बैठकमा नयाँ संविधानको मस्यौदा संविधान सभामा जान थालेका विषयमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले दलहरूलाई जानकारी गराएका थिए ।
प्रतिक्रिया