वीर अस्पतालसँगै रहेकोे ट्रमा सेन्टर भूकम्पका बिरामीले खचाखच भरिएको छ । त्यस सेन्टरको महिला वार्डको ६ नम्बर बेडमा भने फरक दृष्य देखिन्छ । बिरामीको हेरचाहका लागि कोही कुरुवा बसेका छैनन् । कोही नभए पनि बिरामीको सुरक्षामा त्यहाँ प्रहरी दिनरात बसिरहेका हुन्छन् । झ्वाट्ट हेर्दा प्रहरी कतै कैदीको उपचारको सुरक्षामा खटिरहेको हो कि जस्तो देखिन्छ । बिरामीलाई चर्पीमा समेत प्रहरीले नै लैजाने–ल्याउने गर्छन् तर यो कैद भने होइन । स्लाइन पानीले शरीर सुन्निएसँगै अनुहार हुप्प फुलेको छ । ती बिरामी अरू कोही होइनन्, उनै ५० वर्षीया गंगामाया अधिकारी हुन् ।
माओवादी सशस्त्र द्वन्द्वको क्रममा तत्कालीन माओवादीले सुराकी गरेको भन्दै गंगामाया–नन्दप्रसाद अधिकारीका १७ वर्षीय छोरा कृष्णप्रसाद अधिकारीलाई गोरखाको फुजेलबाट अपहरण गरेर ०६१ साल जेठ २४ गते चितवनमा हत्या गरेको थियो ।
नन्दप्रसाद अधिकारी दम्पत्तीले ०६१ देखि विनाकारण छोराको हत्या भएको भन्दै जिल्लाका राजनीतिक पार्टी, मानवअधिकारवादीहरू र प्रजिअसम्म पुगेर न्याय माग्दै निकै भौतारिए तर न्याय पाएनन् । उल्टै माओवादीबाट ज्यान मार्ने धम्की पाएसँगै उनीहरू गाउँबाट विस्तापित हुन प¥यो ।
विस्तापित भएसँगै न्यायका लागि उनीहरू काठमाडौं हानिए । गृह मन्त्रालय, अदालत र मानवअधिकारवादीहरूका अफिसमा अनगिन्ती पटक धाउदासमेत कुनै सुनवाई भएनन् । अन्ततः ०६९ माघ २२ बाट न्यायको माग राखेर सिंहदरबारबाट अधिकारी दम्पत्तीले आमरण अनसनको सुरुआत गरेका थिए ।
‘कि सरकारले मलाई न्याय देओस् नत्र मलाई यसरी जिउँदो लास भएर दिनदिनै पीडामा जिउनुभन्दा खुल्लामन्चमा लगेर सबैको सामु फाँसी देओस्,’ गंगामाया आपू भित्रको सारा पीडा र तिक्तता ओकल्छिन् ।
आप्mना कान्छा छोरा (कृष्णप्रसाद) को अपहरणपछि हत्या भएको ११ वर्ष पूरा भएर १२ लागेसँगैै गंगामाया अधिकारीले सरकारले आजसम्म न्याय दिन नसकेको र त्यसतर्पm गम्भीर पनि नभएको भन्दै पछिल्ला दुई दिनदेखि फेरि पानीसमेत मुखमा हालेकी छैनन् ।
भन्छिन्, उहिले ‘न्याय नपाए गोरखा जानु’ भन्थे, तर गोरखाकै मेरो एक परिवारले न्यायका लागि अस्पतालको शैयामा पुग्दासमेत खै आजसम्म न्याय पाएन खै ? उल्टै, छोराको हत्यारालाई कारबाही गर भनेर न्याय माग्दा मेरो श्रीमान् (नन्दप्रसाद) लाई सरकारले मा¥यो । न्याय पाउँछु कि भनेर यतिका वर्ष बिताएँ, आफ्नो ज्यानै माया मारेर लडेँ । तर, न्यायालयबाटै न्याय नपाइने रहेछ । मेरो छोराको मुद्दामा लड्नेहरू दस पटकसम्म न्यायालय पुग्दा सुनुवाइ भएन भन्दै फर्किए । सरकारको आँखामा छारोे हाल्दै अपराधीलाई २४ दिन राखेर अदालतले सामान्य धरौटीमा छुटाइदियो ।’
०७० असोज ६ मा पतिको मृत्यु भएपछि हत्यारालाई कारबाही, सुरक्षित बासस्थान, स्वास्थ्य उपचारको व्यवस्था, श्रीमान्को दाहसंस्कार गर्नेलगायत पाँच बुँदे मागमा सम्झौता गरी शान्तिमन्त्री नरहरि आचार्य र मानव अधिकारवादीहरू आएर ‘न्याय दिलाएरै छाड्छौँ’ भन्दै जबर्जस्ती उनको अनशन तोडाएका थिए । न्याय पाइन्छ कि, जेठो छोराको पनि प्रगति देख्न पाउँछु कि भनेर उनले जुस–पानी निलेकी थिइन् ।
‘सरकार र केही मानव अधिकारवादीबाट मलाई झुक्याई जबर्जस्ती खुवाएका हुन् । उनीहरूलाई पत्याएर ०७१ कात्तिक दुईमा झोल कुरा मात्र खाने सर्तमा मैले अनशन तोडेँ । यिनीहरूको भूmटो कुरा पत्याएँ, म कस्ती लाटी रहेछु । झन्डै एक वर्ष पानीसमेत नखाई न्यायका लागि दुवै जना लड्यौँ । ०६९ माघ २२ बाट न्यायको माग राखेर सिंहदरबारबाट अनसन सुरु गरेको हो । हामीले तीन सय ३३ दिनसम्म पानीसम्म नखाँदा खै सरकारले केही हेरेन । नामर्द सरकारकै हेल्चेक्र्याइँले मेरा बूढाको सास गयो । बूढाको मृत्यु भएको नौ महिना बितिसक्यो तर सरकारले अहिलेसम्म कुनै पनि कारबाहीको प्रक्रिया अगाडि बढाएको छैन ।’
‘लामो समयदेखि केही नखाएकाले शरीर पुरै सुकेर औषधिको सुई लगाउने नसासमेत नभेटिने अवस्था थियो । झोल कुराहरू खाएर औषधि उपचार गरेपछि केही बोल्न सक्ने भएँ । दुई सय २० दिनदेखि मेरो बूढाको शव दाहसंस्कार हुन सकेको छैन । सरकारले सम्झौता गरेका कुनै पनि बुँदामा केही काम भएको छैन । अब म कसको आशा गरेर बस्नु ? अब न्याय देऊ भनेर कराउनुको कुनै अर्थ छैन । न्याय दिलाउन नसक्नेले बरु गोली ठोकेर मारिदिए हुन्छ । यसरी तड्पिनुपर्ने त थिएन । आपैmले नजानेर तड्पिनु पर्यो ।’
‘अहिले मलाई जति पीडा कसैलाई नहोला । छोरा मारियो, बूढा मारिए, एउटा बाँचेको छोरो (नूरप्रसाद) कहाँ छ, केही पत्तो छैन । छोरो भेट्न नआएको गत चैतमा एक वर्ष भयो । अब धेरै तड्पेर बाँच्नु नपरोस् । बरु मेरो जीवनदान पनि सरकारले नै लियोस् ।’
पछिल्लोपटक ०७० कात्तिक सातदेखि वीर अस्पताल आएर अनशन सुरु गरेका थिए । अहिले न उनको काख छ न त साथ नै । कुनै उपायले न्याय नपाएपछि उनले पुनः शुक्रबार (२९गते) देखि आमरण अनशन सुरु गरेकी हुन् । उनी भन्छिन्, ‘अब मलाई न्याय दिलाइदिने भन्दै झुक्याउन कोही नआउनु, मलाई बाँच्नुको के अर्थ ?
‘छोरा अपराधीले मा¥यो । सरकारले श्रीमान् मा¥यो । तसर्थ सरकार पनि अपराधी हो । अब मलाई किन बाँच्न लगाउँछौ ? मलाई पनि मारिदेओ भन्छु डाक्टरसँग । तर, उनीहरू बाँच्नुपर्छ भन्दै उपचार गर्छन् । अस्पतालभित्र मैले बन्दी जीवन बिताइरहेको छु,’ उनी भन्छिन्, ‘कस्तो छ भनेर सरकार कसैलाई भेट्न पनि दिँदैनन् । भाञ्जा, बहिनीको छोरो र भाइ भेट्न आएका थिए रे ! उनीहरूसमेत भेट्न नपाई सँगै फर्किएछन् । गत, चैतदेखि ठूलो छोरा कहाँ छ पत्तो छैन । छोराकी साथी एउटी नानी थिइन् । ती नानी बेलाबेलामा आइरहन्थिन् । मेरो कपाल कोरिदिने, तेल लगाइदिने, लुगा कपडा फेराइदिने गर्थिन् । आजकाल त उनलाई पनि भेट्न आउन दिएको छैन । बूढा बितेपछि केही दिन मानव अधिकारकर्मी र सरकारका मान्छेहरू आएर जोर जबर्जस्ती गरेर अनशन तोडाए । त्यसपछि भेट्न आउने मान्छे पनि कम भए । मानव अधिकारकर्मीहरू सुदीप पाठक र चरण प्रसाईं बेलाबेला आइरहनुहुन्छ । भूकम्प आएसँगै अचेल त सरकारका कोही पनि आएका छैनन् ।’
‘बूढा बितेपछि ती नानी (छोराकी साथी) ले छोरालाई फोन लगाइदिएकी थिइन् । तपाईंको त्यस्तो अवस्था हेर्न सक्दिनँ, आमा म आउँदिन भन्थ्यो । मैले भेट्न आइज भन्न पनि सकिनँ । त्यसपछि त न कहिल्यै फोनमा कुरा भएको छ न छोरा मलाई भेट्नै आएको छ । मेरो छोरा जहाँ भए पनि सुरक्षित रहोस् बरु मर्नुपरे म नै मर्छु । म मरेकै दिन मेरो छोराले न्यायको लडाइँका सुरुआत गर्नेछ ।’
‘अन्य आफन्त पनि कोही आएका छैनन् । आपूसँगै अनशन बसेका बूढा बिते । हाम्रो त्यतिका सम्पत्ति पनि सबै सिरिखुरी भयो । केके मात्र गरेनन् हामीलाई ? सरकारले पागल भनेर पाटन अस्पतालसम्म पु¥याएन कि ? यस्ता यातना सहेरसमेत बाँच्नुपर्यो । अब त मलाई अलिकति पनि बाँच्ने मन छैन । मेरा सबै परिवार सकिए, म बाँचेर पनि के गर्नु ? बूढाले तीन सय ३३ दिनसम्म अन्नपानी नखाँदा सरकारले केही हेरेन । अस्पतालमै मरोस् भनेर छोडिदियो । अब मैले पनि यही अस्पतालमा सास बिसाउन पाए हुन्थ्यो ।’
‘अनशन बस्नुअघि हामीले सल्लाह गरेका थियौँ । बरु मर्नु परे मरौँला तर न्याय नपाई अनशन नतोडने अठोट थियो । बा तँ अघि मरिस् भने पनि म धैर्य गरेर अनशन बसिरहन्छु । म अघि मरे भने पनि तैले अनशन नतोड्नू भन्नुहुन्थ्यो । मैले बाका कुरा पनि थाम्न सकिनँ,’ उनले आँखाबाट बलिन्द्र आँसु झारिन् र भनिन्, ‘यिनीहरूले मलाई जबर्जस्ती पानी निलाए डाक्टर र मानवअधिकारकर्मीहरूले । हामी न्याय दिलाएरै छाड्छौँ, तपाईं बाँच्नुपर्छ भने । अहिलेसम्म न्याय दिलाउन केही गरेका छैनन् । मेरो शरीर यति कमजोर भइसकेको छ । म बाँचेर पनि केही गर्न सक्दिनँ होला । जति बाँच्छु मेरो छोरालाई मार्ने अपराधीलाई कारबाही गरेको हेर्न चाहन्छु । अपराधी अमेरिकामा छ भने पनि अमेरिकामा भएकोलाई पक्राउ गर्न सक्दैन र सरकारले ? जुन दिन अपराधीलाई कारबाही भएर जेल चलान हुन्छ, ठूलो छोराले बाबुको अन्त्येष्टि र काजक्रियाका सबै काम त्यही दिन गर्छ ।’
न्याय माग्दै श्रीमतीसित आमरण अनशनमा रहेका श्रीमान्ले गत साउन ६ गते साँझ पाँच बजे वीर अस्पतालको आइसियू १७ नं. बेडमा अन्तिम सास छोडेका थिए ।
गंगामायाले भनिन्, ‘श्रीमान्सँग बरु एउटै चितामा सँगै जल्न देउ । न दिनमा भोक छ न रातमा निन्द्रा । रातदिन रोएर आँसु नै सकियो । मन पोलेको छ, श्वासप्रश्वास गा¥हो हँुदै गएको छ ।’
गंगामायाको स्वास्थ्य अवस्था निकै कमजोर हँदै गएको छ । उनले विभिन्न प्रकारका औषधि लिन अस्वीकार गरिसकेकी छिन् । स्लाइनसमेत लगाउन नमानेकाले उनको स्वास्थ्यस्थिति झनै कमजोर भएको हो ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमले सरकारले जुनकुनै हालतमा अपराधीहरूलाई कारबाही हुने बताए । ‘अपराधीहरू छोडिँदैनन् तर ढिलोछिटो मात्रै हो,’ गौतमले भने । उनले गंगामायालाई अनसन तत्काल रोक्न र सरकारले प्याकेजमा सहमति गर्ने बताएका छन् ।
मानव अधिकारकर्मी सुबोध प्याकुरेल भने, ‘सरकारले गंगामायालाई तत्काल न्याय देओस् । अपराधीहरूलाई उम्काउने काम सरकारबाट नहोस् । सरकारले जनतालाई न्यायको अनुभूति गराएर आरोपीलाई कानुनी कठघरामा ल्याओस् । गंगामायाको जीवन रक्षा सरकारले गरिदियोस् । सरकारले कानुनी देशको आभाष गराओस् ।’
एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टाराईले सरकारले बेपत्ता र मृतकका परिबारसित सम्बन्धित समस्या सत्य निरुपण तथा मेलमिलाप आयोगबाट टुंग्याउने बताए । यो कुरा विस्तृत शान्ति सम्झौतामा समेत प्रस्ट उल्लेख छ । पुराना द्वन्द्वकालीन मुद्दा भएकाले सरकारले क्षतिपूर्तिको व्यवस्था गरेको पनि उनले बताए ।
गंगामायाको मात्रै नभएर सरकारका पक्षबाट समेत ज्यान मरेको र बेपत्ता पारेका सबै मुद्दा आयोगबाट किनारा लाग्ने उनले बताए ।
गंगामायाको स्थिति गम्भीर भए पनि स्थिर रहेको जनाउँदै डा. राजेश पण्डितले भने, ‘तर, श्रीमान्को निधन भएकाले अत्यन्त चिन्ता लिनुभएको छ । त्यसैले उहाँको स्वास्थ्य स्थिति कस्तो हुन्छ, त्यो अहिले नै भन्न सकिन्नँ ।’ आफूहरूले गंगामायालाई जोगाउन मानवअधिकारकर्मीसँग समेत आग्रह गरेको उनले बताए ।
– सञ्जीव दाहाल
प्रतिक्रिया