
काठमाडौं । बैतडीको पाटन नगरपालिका–९ गैराखानस्थित दशरथचन्द राजमार्गमा एक यात्रुबाहक बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते भएका छन् ।
धनगढीबाट बैतडीतर्फ जाँदै गरेको सु प प्र ०१–००१ ख ३९६३ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएकाहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
अहिले स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सहयोगमा घाइतेहरूको उद्धार कार्य जारी रहेको छ । घटनाको विस्तृत विवरण र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया