पोखरामा सुकुम्बासीको आन्दोलन : ‘डोजर आतंक बन्द गर’को नारा (तस्विरहरु)

कास्की । काठमाडौंमा सुकुम्बासी बस्तीमाथि धमाधम डोजर चल्न थालेपछि पोखराका सुकुम्बासीहरू त्रसित बनेका छन् । ‘डोजर आतंक बन्द गर’ भन्ने नारासहित उनीहरूले आज पोखराका सडकमा प्रदर्शन गरेका छन् ।

पोखरा महानगरपालिका ले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना खाली गर्न ३५ दिनको अल्टिमेटम दिएको छ । महानगरको वैशाख ३ गते बसेको कार्यपालिका बैठकको निर्णय अनुसार वैशाख ४ गते सूचना जारी गरिएको हो ।

महानगरपालिका–९ स्थित बसपार्क क्षेत्रमा करिब ४ सय ७५ घरधुरी रहेको सुकुम्बासी बस्तीका बासिन्दाले भने वैकल्पिक व्यवस्थाबिना स्थान खाली नगर्ने अडान लिएका छन् । उनीहरूले उचित व्यवस्थापनपछि मात्रै डोजर चलाउन माग गरेका छन् ।

आफ्ना माग सम्बोधनका लागि सुकुम्बासीहरूले आज वैशाख २१ गते जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । त्यसअघि उनीहरूले पृथ्वीचोकमा र्‍यालीसहित कोणसभा गरेका थिए ।– तस्विर नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया