
मुगु । मुगुमा नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर शाही विजयी भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार पुर्णबहादुर रोकायालाई ११९६ मतले पछि पार्दै विजयी भएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार शाहीले ७ हजार ९२४ मतसहित विजयी हुँदा रोकायाले ६ हजार ७१८ मत पाएका छन् । तेस्रो भएका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार चन्द्रबहादुर शाहीले ५ हजार ५५८ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार भुवन टमटाले ५३० मतसहित चौथो भएका छन् ।
मुगुमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बलबहादुर मल्लले २०३ नेकपा माओवादीका उम्मेदवार रंगबिर परियारले २८० पाएका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीका ऐटन मल्लले २२ मत ल्याएका छन् । यसैबीच मुगुमा ३६ हजार ३१ मतदाता मध्ये २२ हजार ७१ मत खसेको थियो । जसमा ८४६ मत बदर भएका छ्न् ।

मुगु
प्रतिक्रिया