
पाँचथर । शिक्षा दिवसको अवसरमा फिदिम मावीका दुई जना शिक्षकलाई शुक्रबार सम्मान गरिएको छ ।
सम्मानित हुनेमा हरिचन्द्र लावती र हेम कृष्ण चापागाईं रहेका छन् । उक्त विद्यालयमा शिक्षक लावतीले १९ वर्ष ७ महिना ९ दिन र चापागाईंले २३ वर्ष २ महिना १२ दिन सेवा प्रदान गरेका छन् ।
सम्मानित शिक्षकले विद्यालयमा दिएको योगदान र प्रशंसासहित निवृत्त जीवन शुखःद रहोस् भन्दै विद्यालय परिवारले शुभकामना व्यक्त गरेको सो मावीका प्रधानाध्यापक बिनोद कुमार ठाकुरले जानकारी दिए ।

प्रतिक्रिया