
काठमाडौं । नेपाल शिक्षक महासंघले जनता समाजवादी नेपालको पार्टी कार्यलयमा बालकुमारीमा आज धर्ना दिएको छ । पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म २ घण्टा जनता समाजवादी नेपालको पार्टी कार्यलयमा धर्ना बसी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको छ ।
शिक्षक महासंघले यसअघि नेपाली कांग्रेसको कार्यलय, नेकपा एमालेको कार्यालय, नेकपा माओवादीको कार्यालय र नेकपा एकीकृत समाजवादीकाे पार्टी कार्यलयमा धर्ना दिएकाे थियाे भने र आज जनता समाजवादी नेपालको कार्यलयमा धर्ना बसेका हुन् ।



प्रतिक्रिया