
कालिकोट । जन्मदिनको अवसर पारेर युवा समाजसेवी तथा व्यवसायी पवन बमले ‘न्यानो काख’लाई सहयोग गरेका छन् । जन्मदिनमा गरिने खर्चलाई सामाजिक काममा लगाउँदै उनले न्यानो काख सेवा समाज कालिकोटमा खाद्यान्न तथा अन्य सामाग्री सहयोग गरेका हुन् । उनले न्यानो काखमा रहेका बालबालिकाहरूलाई खाद्यान्न सहयोग गरी जन्मदिन मनाए ।
कतिपयले जन्मदिनमा फजुल खर्च गर्ने गरेका छन्, तर पवनले जन्मदिनमा हुने खर्च जोगाएर न्यानो काखमा रहेका अनाथ बालबालिकालाई चामल, दाल, तरकारी तेल लगायतका खाद्यान्न वितरण गरेकाे जानकारी दिए ।
जन्मदिनको अवसरमा थोरै भएपनि राहत मिलोस् भनेर न्यानो काखमा रहेका बालबालिकाहरूलाई सानो सहयोग गरेको बमले बताए । उनले भने, ‘जन्मदिनमा हुने फजुल खर्च कटाएर न्यानो काखलाई सहयोग गरेको हुँ ।’ फजुल खर्च गर्नुभन्दा अनाथ असाहायलाई नै सहयोग गर्दा जन्मदिनको सार्थकता रहने बमको भनाइ ।
खाद्यान्न सामग्री पाएपछि बालबालिकाहरु खुसी भएका थिए । विगतमा पनि बमले जन्मदिनमा जिल्ला अस्पतालका बिरामी, जिल्ला कारागारका कैदी, सुर्खेत मानव आश्रम लगायत थुप्रै सामाजिक संस्था तथा विद्यार्थीहरुलाई सहयोग गरेका थिए ।

कालिकाेट
प्रतिक्रिया