समाचार प्रभाव : धुलिखेल अस्पतालले रेबिज भ्याक्सिन होल्ड गर्ने डाक्टरमाथि छानबिन गर्ने

काभ्रे । उपचारमा संलग्न चिकित्सकले रेबिजविरुद्धको भ्याक्सिन होल्ड गरेकै कारण बिरामीको मृत्यु भएको घटनाबारे धुलिखेल अस्पतालले छानबिन गर्ने भएको छ । बनेपा–२ का ७४ वर्षीय जीवनाथ घिमिरेको रेबिज संक्रमणका कारण गत ९ असारमा मृत्यु भएको थियो ।

कुकुरले टोकेर अस्पताल पुगेका उनलाई डा. सजन श्रेष्ठले रेबिजविरुद्धको भ्याक्सिन नलगाई टिटी खोप लगाएर फर्काइदिएका थिए । २ दिनपछि पनि रेबिज भ्याक्सिन होल्ड गरेका थिए । यस विषयमा सौर्य राष्ट्रिय दैनिकले बिहीबार समाचार प्रकाशन गरेको थियो ।

प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको बताउँदै धुलिखेल अस्पताल प्रशासनले सो विषयमा आवश्यक आन्तरिक छानबिन गरेर सत्यतथ्य पत्ता लगाएर आवश्यक कारबाही अघि बढाइने बताइएको छ । ‘अस्पताल प्रशासनको ध्यानाकर्षण भएको छ, दोषी देखिए कारबाही गर्छौं,’ प्रशासन शाखाका डा. सुमन ताम्राकारले भने ।

प्रतिक्रिया