काठमाडौँ । संवैधानिक व्यवस्थाअनुसार आज (आइतबार) सात वटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२ /८३ को बजेट सार्वजनिक गर्दैछन्। संविधानले प्रदेश सरकारले हरेक वर्ष असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ । केन्द्र सरकारले जेठ १५ मा, प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १० गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान छ ।
संघीय सरकारले प्रदेशलाई तोकेको वित्तीय अनुदान, राजस्व बाँडफाँट र रोयल्टीको निर्धारण अनुरूप ती स्रोतमा आधारित भएर सात वटै प्रदेशका अर्थमन्त्रीहरूले प्रदेश सभामा बजेट पेश गर्नेछन् । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२ / ८३ का लागि ६८ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ। बागमतीले आर्थिक वर्ष २०८१ / ८२ मा ६२ अर्ब ७० करोड बराबरको बजेट ल्याएको थियो ।
यस्तै, मधेश प्रदेशले आर्थिक वर्ष २०८१/८२ मा ४४ अर्ब ११ करोड बराबरको बजेट प्रस्तुत गरेको थियो । कोशीले ३६ अर्ब २४ करोड ३५ लाख, गण्डकीले ३३ अर्ब ४२ करोड ७२ लाख र लुम्बिनी प्रदेशले ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । यस्तै, सुदूरपश्चिम प्रदेशले आर्थिक वर्ष २०८१/८२ मा २९ अर्ब २६ करोड ५९ लाख बराबरको बजेट ल्याएको थियो भने कर्णाली प्रदेशले ३१ अर्ब ४१ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।
प्रतिक्रिया