काठमाडौं । सर्वोच्च अदालतमा तीन जना न्यायाधीश सिफारिस भएका छन् । मंगलबार न्याय परिषद्ले सर्वोच्चमा तीन जना न्यायाधीश सिफारिस गरेको हो ।
सिफारिस हुनेमा सर्वोच्च बारका अध्यक्ष समेत रहेका वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, जनकपुरका मूख्य न्यायाधीस श्रीकान्त पौडेल र दिपालयका मुख्य न्यायाधीस शान्तीसिंह थापा रहेका छन् ।
जसमा वरिष्ठ अधिवक्ता पोखरेल पहिलो नम्बरमा सिफारिसमा परेका हुन् । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षमा मंगलबार बसेको न्याय परिषद्को बैठकले यो निर्णय गरेको हो ।
वरिष्ठ अधिवक्ता पोखरेल सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पनि हुन् । उनी व्यावसायिक तथा वाणिज्य कानुनका विज्ञ मानिन्छन् । अब संसदीय सुनुवाइपछि राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्नेछन् ।
प्रतिक्रिया