एकीकृत समाजवादीले भन्यो– अध्यक्ष नेपालमाथि राजनीतिक प्रतिशोध साँधेर मुद्दा चलाइयो, प्रतिवाद गर्छौँ

Bedu Ram Bhusal

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता बेदुराम भुसालले अध्यक्ष माधवकुमार नेपालविरुद्ध राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा दायर भएको बताएका छन् ।

बिहीबार पार्टी कार्यालय आलोकनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता भुसालले अध्यक्ष नेपालमाथि राजनीतिक पूर्वाग्रहका आधारमा भ्रष्टाचार मुद्दा चलाइएको भन्दै यसको राजनीतिक रुपले प्रतिवाद गर्ने बताएका हुन् ।

त्यस्तै उनले अदालतमा नै मुद्दा दर्ता भएकाले कानुनी लडाई पनि लड्ने बताए । माधव नेपालमाथि पहिलेदेखि नै राजनीतिक आक्रमण भइरहेको र अहिले त्यसैको निरन्तरता भएको उनले बताए। राजनीतिक पूर्वाग्रह कसले साँधेको छ ? भन्ने कुरा सबैलाई स्पष्ट रहेको उनको भनाइ छ ।

पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन प्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । उनीविरुद्ध ९३ जनाविरुद्ध १८ करोड ५८ लाख ५० हजार विगो माग गरिएको छ। आरोपपत्र दायर भएसँगै नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ ।

प्रतिक्रिया