काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि बस्दै नबसेर स्थगित भएको छ । बैठक अब भोलि बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको सभामुखको सचिवालयले जनाएको छ । यसअघि मंगलबार पनि बैठक बस्दै नबसी आज दिउँसो १ बजेसम्मका लागि स्थगित भएको सूचना टाँसेर स्थगित भएको थियो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक जोडिको भन्दै प्रतिपक्षी दलहरुले उनको राजीनामा र यस प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन माग गर्दै आइरहेका छन् ।
गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा देखिएका अनियमितता, भ्रष्टाचार र मानव बेचबिखनबारे छानबिन गर्न संसदीय वा न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको प्रतिपक्षी दलले संसद बैठक अवरोध गराउँदै आएका छन् ।
सत्तारुढ नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले भिजिट भिसा प्रकरणमा न्यायिक वा संसदीय छानबिन समिति गठन गर्न नसकिने अडान राखेसँगै मंगलबार पनि बैठक अवरुद्ध भएको थियो ।
तर आज बुधबार पनि विपक्षी दलहरुले सोही अडान कायमै राखेपछि बैठक चल्न नसकेको हो । आजै केही बेरअघि मेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रतिनिधिसभाको बैठकमा गृहमन्त्रीलाई सम्बोधन गर्न दिने तर छानबिन समिति गठनको घोषणा हुनुपर्ने विपक्षी दलहरुको माग रहेको बताएका थिए ।
प्रतिक्रिया