काठमाडौं । विश्व सुर्तीजन्य पद्धार्थ रहित दिवस (मे ३१) को अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । ‘शारिरिक सक्रियता, रोगमुक्त जीवनको सर्त’ भन्ने मुल नाराका साथ शनिबार काठमाडौंको बसन्तपुर क्षेत्रमा प्रभातफेरी गरिएको हो । प्रभातफेरी बसन्तपुर दरबार स्क्वायरमा जम्मा भई बिष्णुमति रोड हुँदै टेकु, माइतिघर, भद्रपुर हुँदै पुनः बसन्तपुरमा आएर समापन भएको थियो ।
जनस्वास्थ्य कार्यालय काठमाडौंको आयोजनामा भएको प्रभातफेरीको समन्वय काठमाडौं महानगरपालिका, ब्लोडन र नेपाल जनस्वास्थ्य संघको समन्वयमा भएको प्रभातफेरीमा करिब २०० जना सहभागि भएको बताइएको छ ।
समुदायमा आधारित जनचेतनामुलक कार्यक्रम अन्तरगत सो प्रभातफेरी गरिएको जनाइएको छ । शारिरीक सक्रियतामार्फत् नसर्ने रोगको जोखिम कम गर्न, नसर्ने रोगहरुको रोकथामसम्बन्धी समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्ने र जोखिम न्युनिकरण गर्ने प्रमुख उद्देश्यका साथ कार्यक्रम गरिएको जनस्वास्थ्य कार्यालय काठमाडौंकी जनस्वास्थ्य अधिकृत अनिता खनालले जानकारी दिइन् ।
प्रतिक्रिया