याङवरकमा पति लिङ्देनको कुटपिटबाट पत्नी भट्टराईको मृत्यु

पाँचथर । जिल्लाको याङवरक गाउँपालिका– ५ दाहल गाउँमा पति कृष्ण लिङ्देन ले पत्नी ४० बर्षिया सम्झना भट्टराई लाइ कुटपिट गरी घाइते बनाएका भट्टराईको आइतबार राति धरान घोपाक्याम्पमा उपचारको क्रममा मृत्यु भएको छ ।

लिङ्देनले घरायसी विवादमा गत वैशाख ३ गते कुटपिट गरी घाइते बनाएका थिए । घाइते उनकी पत्नी सम्झनाको धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचार हुँदै गरेको अवस्थामा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पाँचथरका सूचना अधिकारी रुपेश तामाङले जानकारी दिए ।

मृत भट्टराईका पति लिङदेनलाई अस्पतालबाट इलाका प्रहरी कार्यलय धरानले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया