सर्लाही । सर्लाहीको गोडैता नगरपालिकाको गोडैता बजारमा दुई दिनदेखि विद्युत सेवा ठप्प भएको छ । स्थानीयका अनुसार आइतबार साँझ ६ बजेदेखि अवरुद्ध भएको विद्युत सेवा आज मंगलबारसम्म पनि सञ्चालन हुन सकेको छैन ।
नेपाल विद्युत प्राधिकरण मलंगवा वितरण केन्द्रका कर्मचारी मनोज कर्णका अनुसार बाजर एरियामा रहेको १०० केविको ट्रान्सर्फमर बिग्रेको र नबन्ने अवस्था आएकाले विद्युत सेवा ठप्प भएको हो ।
हामी ट्रान्सर्फमर र आवश्यक सामाग्रीहरु ट्याक्टरमा लोड गरिसकेको र उक्त ठाउँमा २०० केविको ट्रान्सर्फमर मंगलवारनै जडान हुने उनले बताए । मधेस प्रदेशमा आज सिता जयन्तीको उपलक्ष्यमा सार्वजनिक बिदा रहेको छ ।
प्रतिक्रिया