पर्सा । मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले शुक्रबार छिपहरमाई गाउँपालिकाको सिमावर्ती नाकालगायत भिस्वा, बुडगाई नाकाको प्रहरीचौकीहरू निरीक्षण गरेका छन् ।
गृहमन्त्री लेखीले सिमावर्ती नाकाको निरीक्षण गर्दै भिस्वा र बुढगाई प्रहरीचौकीको अनुगमनको क्रममा त्यहाँका स्थितिबारे जानकारी लिएका थिए ।
छिपहरमाई गाउँपालिका अध्यक्ष मनोजकुमार गुप्ताको पहलमा गृहमन्त्री लेखीले गाउँपालिकालाई एउटा बारुणयन्त्र दिने घोषणा गरेका थिए । साथै बुढगाई प्रहरीचौकीको भवन जीर्ण रहेकोले नयाँ प्रहरीचौकी निर्माण गर्ने जनाएका छन् ।
साथै शान्ति सुरक्षालाई मध्यनजर गरी प्रहरीचौकीलाई सवारीका लागि मोटरसाइकलको व्यवस्थापन गर्ने गृहमन्त्री लेखीले जानकारी दिएका थिए । अहिले गर्मीयामको दिनमा आगालागी हुँदा समस्या देखिएकोले यो गाउँपालिकामा बारुणयन्त्रको आवश्यकता रहेकोले गाउँपालिकालाई १ महिनाभित्र बारुणयन्त्र उपलब्ध गराउने गृहमन्त्री लेखीले प्रतिबद्धता गरेका थिए । साथै प्रहरीचौकीहरूको अवस्था हेरी बुढगाई प्रहरीचौकीमा नयाँ भवनको निर्माण गरिने साथै प्रहरीचौकीमा सवारी सुबिधा १ महिनाभित्र उपलब्ध गराउने प्रतिबद्धता गरेका थिए ।
सीमावर्ती नाका निरीक्षण तथा प्रहरीचौकी अनुगमनको क्रममा छिपहरमाई गाउँपालिका अध्यक्ष मनोजकुमार गुप्ता, वडाध्यक्ष मौजिलाला साह, पूर्ववडाध्यक्ष राजबली यादव , युवा संघ पर्साका अध्यक्ष सुबास साह, प्रहरी प्रशासनलगायत स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।
प्रतिक्रिया