तनहुँ । १३६औँ अन्तराष्ट्रिय मजदुर दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को भ्रातृ संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले ५० रोपनी जग्गामा अदुवा खेती प्रारम्भ गरेको छ । यसको आरम्भ पार्टी केन्द्रीय सदस्य आशा कोइरालाले गरेकी हुन् ।
जिल्लाको व्यास नगरपालिका–६ श्याम्घामा ५० रोपनी जग्गामा अदुवा खेती थालिएको हो । उत्पादित अदुवा बिक्रीबाट प्राप्त हुने रकम महासंघमा आबद्ध सदस्यका परिवारको जीविकोपार्जनमा उपयोग गरिने जनाइएको छ ।
अखिल नेपाल ट्रेड महासंघका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सहसचिव सूर्यभक्त पौडेलका अनुसार मंगलबार २० जना संगठनका पदाधिकारी सहभागी भएर आधुनिक विधिबाट अदुवा रोपिएको हो ।
पहिलो चरणमा एक सय धार्नी अदुवा रोपिएको छ भने यस वर्ष पाँच सय धार्नी बीउ रोप्ने लक्ष्य छ । बाँदरले नोक्सान नगर्ने, धेरै लगानी र परिश्रम गर्न नपर्ने भएकाले अदुवाखेतीलाई प्राथामिकता दिइएको महासंघ तनहुँका अध्यक्ष वीरबहादुर थापाले बताए ।
प्रतिक्रिया