काठमाडौं । यही चैत २० गतेदेखि सुरु भएको शिक्षक आन्दोलन आज पनि जारी छ । नेपाल शिक्षक महासंघको आयोजनामा शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग गर्दै शिक्षकहरुले आज १०औँ दिन पनि आन्दोलन जारी राखेका हुन् ।
माग पूरा नभएसम्म घर नफर्किने सरकारलाई चेतावनी समेत शिक्षकहरुले दिएका छन् । उनीहरु माइतीघर मण्डलामा भेला भई नयाँ बानेश्वर पुगेर औपचारिक कार्यक्रम गर्दै छन् ।
प्रतिक्रिया