अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका–३ ढुगाडे भन्ने ठाउँमा आज आइतबार बिहान ३ः५० बजेको समयमा सिंगल क्याप गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको सवारी जीप अनियन्त्रित भई बाटोदेखि अन्दाजी २५० मिटर तल खस्दा जीपमा सवार चार जनामध्ये दुई जनाको मृत्यु भएको हो । उपचारको क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटना परेर मृत्यु हुनेमा जीप चालक मालारानी– ४ का २२ वर्षीय दिलिप खनाल र मालारानी– ४ कै २१ वर्षीय बालकृष्ण रिजाल रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
अन्य दुई जना घाइतेलाई उपचारका लागि बुटवल रिफर गरिएको जिल्ला हस्पिटलका स्वास्थकर्मी अशोक चौहानले बताए ।
अर्घाखाँची
प्रतिक्रिया