लुम्बिनी । रुपन्देहीको मर्चवार लिफ्ट सिँचाइ जल उपभोक्ता संस्थाको अध्यक्ष पदमा राजेन्द्र यादव बिजयी भएका छन् । आफ्ना प्रतिस्पर्धी नजीर अहमद खाँलाइ १ मतले पछार्दै यादव विजयी भएका हुन् ।
निर्वाचन संयोजक विवेक शाहका अनुसार अध्यक्ष पदका उम्मेदवार नजीर अहमद खाँले ६३ मत प्राप्त गरेका छन् भने नवनिर्वाचित अध्यक्ष राजेन्द्र यादवले ६४ मत प्राप्त गरी विजयी भएका छन् ।
यसैगरी जल उपभोक्ता संस्थाको सचिव पदमा जगन्नाथ प्रसाद कुर्मी ७५ मत तथा कोषाध्यक्ष पदमा प्रभु प्रसाद यादवले ६८ मत प्राप्त गरी विजयी भएको निर्वाचन संयोजक शाहले जानकारी दिए ।
अध्यक्ष पदका अर्का प्रतिस्पर्धी फिरोज अहमद खाँनले २ मत प्राप्त गरेका छन् । सचिवका प्रतिस्पर्धी अब्दुल सलाम मुसलमान ४६ र कोषाध्यक्ष पदमा जनार्दन यादवले ५४ मत प्राप्त गरेका छन् ।
संस्थाको वरिष्ठ उपाध्यक्ष पदमा राम अवध मिश्र र महिला उपाध्यक्षमा मन्सादेवी गुप्ताको उम्मेदवारी एकल परेकाले यसअघि नै उनीहरू निर्विरोध निर्वाचित भइसकेको निर्वाचन संयोजक एवम् जल स्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, रुपन्देहीका इन्जिनियर विवेक शाहले जानकारी दिए ।
संस्थाको मूल समिति सचिवमा चौथो पटक निर्वाचित जगन्नाथ प्रसाद कुर्मीले संस्थाले गरेका सुधारात्मक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘हामी कर्ममा विश्वास गर्दछौँ’, कुर्मीले भने । निर्वाचनमा १३१ मध्ये सत प्रतिशत मतदान भएको निर्वाचन संयोजक शाहले जानकारी दिए । संस्थाको विधान अनुसार शान्तिपूर्ण र व्यवस्थित रूपमा निर्वाचन सम्पन्न भएको उनले बताए ।
प्रतिक्रिया