पहिलोपटक एकीकृत समाजवादीको कार्यालय पुगे ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय पुगेका छन् । हिजो दिवंगत भएका वरिष्ठ पत्रकार तथा लेखक कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री ओली उक्त कार्यालयमा पुगेका हुन् ।

प्रधानमन्त्री ओली पुग्दा नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसाल लगायतका नेताहरू पनि उपस्थित थिए । ओलीले उनीहरूसँग केहीबेर कुराकानी गरे ।

साथै, उनले कार्यालयभित्र प्रवेश गरी गत चैत १५ गतेको आगजनीबाट भएको क्षतिको अवलोकन गरेको कार्यालय सचिव रामकुमार भट्टराईले जानकारी दिए । २०७८ भदौ २ गते नेकपा (एमाले) विभाजन भई गठन भएको नेकपा (एस) को कार्यालयमा ओली पहिलोपटक पुगेका हुन् ।

प्रतिक्रिया