ज्ञानेन्द्र शाहीको अभिव्यक्ति रेकर्डबाट हटाउन एमालेको माग

काठमाडौँ । राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)को अभिव्यक्ति प्रतिनिधिसभाको रेकर्डबाट हटाउन माग गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गरिरहँदा फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाहलाई गरेको स्वागतलाई कथित भनेपछि राप्रपाले आपत्ति जनाएको थियो । त्यसपछि राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले उक्त अभिव्यक्ति संसद्‌को रेकर्डबाट हटाउन माग गरे ।

बर्तौलाले पनि संविधानमाथि गएर बोलेको भन्दै शाहीको अभिव्यक्ति हटाउन माग गरे । चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनप्रति आपत्ति जनाए ।
‘जिउँदै मान्छे जलाउने, आगजनी गर्ने राजावादीहरू हुँ भनेर हुँकार गर्ने गणतन्त्रको यो संसद्‌मा स्वीकार छैन,’ उनले भने, ‘म उहाँको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्छु ।’

प्रतिक्रिया